मेगाप्याक ब्याट्री प्लान्टका लागि टेस्लाको सांघाईमा जग्गा अधिग्रहण

Technology Khabar ७ पुष २०८०, शनिबार

काठमाडौं ।

टेस्लाले मेगाप्याक ब्याट्री निर्माण प्लान्टको लागि सांघाईमा जग्गा अधिग्रहण गरेको छ, चिनियाँ राज्य मिडियाको शुक्रबारको रिपोर्ट अनुसार सन् २०२४ को चौथो त्रैमासिकमा यसबाट उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

टेस्लाले १९.७ हेक्टर (४८.७ एकड) जग्गाको प्रयोग अधिकारका लागि २२२.४२ मिलियन युआन (३१.१३ मिलियन अमेरिकी डलर) तिरेको बिहीबार एउटा छुट्टै सरकारी विज्ञप्तिमा भनिएको छ।

साइट मोडेल ३ र मोडेल वाई कारहरू उत्पादन गर्ने टेस्ला प्लान्टको नजिक छ।

प्रतिवर्ष १० हजार मेगाप्याक उत्पादन गर्न सक्ने आयोजनाको निर्माण कार्य सन् २०२४ को पहिलो त्रैमासिकमा सुरु हुने र चौथो त्रैमासिकमा उत्पादन सुरु हुने योजना बनाइएको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

टेस्लाले अप्रिलमा यो वर्षको तेस्रो क्वाटरमा निर्माण सुरु गर्ने र अर्को वर्षको दोस्रो क्वाटरमा उत्पादन सुरु हुने बताएको थियो।

टेस्लाले सांघाईको गिगाफ्याक्ट्रीबाट वार्षिक ११ लाख यूनिट ईभी उत्पादन गरिरहेको छ। टेस्लाले सांघाईमा आफ्नो ईभी क्षमता विस्तार गर्न चाहेको संकेत गरेको छ, जसका लागि नियामक स्वीकृति आवश्यक हुनेछ।

प्रकाशित: ७ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया