
काठमाडौं ।
काठमाडौंमा इन्कुवेशन/इन्नोभेसन सेन्टर सञ्चालनमा आउने भएको छ। काठमाडौं जिल्ला समन्वय समिति र स्टार्टअप हब नेपालले संयुक्त रुपमा स्टार्टअप इन्कुवेशन/इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याउन शुक्रबार सम्झौता गरेको हो।
काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष शन्तोष बुढाथोकी र स्टार्टअप वर्ल्डकप नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले स्टार्टअप इन्कुवेशन/ईन्नोभेसन सेन्टर सञ्चालनमा ल्याउने सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार काठमाडौं जिल्ला समन्वय समितिको भवनमा देशमा रहेका उच्च सम्भावनायुक्त स्टार्टअपहरुलाई मेन्टरसिप, पोलिसि गाईडेन्स, एक्पर्ट सहजिकरण तथा लगानी सहजीकरण लगाएतका सुविधाहरु दिईने विज्ञप्तीमा उल्लेख गरिएको छ।
सो कार्यक्रममा बोल्दै स्टार्टअप वर्ल्डकप नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले आफूहरुलाई काठमाडौं जिल्ला समन्वय समितिले बोलाएकोमा निकै खुशी लागेको र अब ११ ओटा नगरपालिका पनि आवद्धहुने जानकारी दिनु भएको थियो । साथै पोखरेलले ‘यो नेपाली ईन्नोभेसन मुभमेन्टमा कोशेढुङ्ग भएको दाबी गरे।
त्यसैगरी राज्यको जिल्ला समन्वय समितिमा ठूलो लगानी रहेको र देशको ७७ ओटा जिल्लामा नै जिल्ला समन्वय समितिको भवनका साथै कर्मचारीहरु रहको काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष शन्तोष बुढाथोकीले कार्यक्रममा जानकारी दिए। नेपाल सरकारले वार्षिक रुपमा लगभग १ अर्ब रुपैयाँ भन्दा पनि बढि रकम जिल्ला समन्वय समितिमा लगानी गर्ने गरेको अध्यक्ष शन्तोष बुढाथोकीले उल्लेख गरे।
त्यसका साथै स्टार्टअप ईन्कुवेशनबाट नेपालले स्टार्ट वर्ल्डकपमा राम्रो उपस्थिति जनाउने, स्थानीय तथा राष्ट्रिय तहमा उन्नयन ल्याउने लगाएतका अपेक्षा पनि गरिएको विज्ञप्तीमा थप उल्लेख गरिएको छ।
स्टार्टअप वर्ल्डकप विश्वका १०० मुलुकका स्टार्टअपहरु बीचको प्रतिस्पर्धा हो। नेपालबाट हालसम्म ३ सिजनमा गरि ३ जना स्टार्टअपले सिलिकन भ्यालीमा प्रतिस्पर्धा गरिसकेका छन् । स्टार्टअप वल्डकपको विश्वविजेता स्टार्टअपले १ मिलियन डलर ९करिब १३ करोड नेपाली रुपैंया० बराबरको लगानी पुरस्कार पाउँदछन् ।
प्रकाशित: ६ पुष २०८०, शुक्रबार