
काठमाडौं ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले सेवाग्राहीको चाप बढेपछि स्वास्थ्य जाँचका लागि अनलाइनबाटै नाम दर्ता सुरु गरेको छ।
अस्पतालका निर्देशक प्राडा डम्बर खड्काका अनुसार सेवाग्राहीले नाम दर्ताका लागि बिहान ९ बजेनै अस्पताल पुग्न पर्दैन ।
अनलाइनबाटै आफूले लिन चाहेको सेवासहित सेवाग्राहीले नाम दर्ता गर्न सकिने छ।
निर्देशक प्राडा खड्काका अनुसार अनलाइनमार्फत नाम दर्ता गर्दा सेवाग्राहीले जाँच गर्न चाहेको डाक्टर, मिति र बिहान ७, ८ र ९ बजेको समयतालिका अनुसार समय लिन सक्ने छन्।
अस्पतालको वेबसाइटमा गएर समयमा क्लिक गरेपछि ‘प्रोसेस टु बुक’ मा थिच्नु पर्छ । यो प्रक्रिया पूरा भएपछि ‘लग इन’ र ‘बुक अप्वाइमेन्ट’ देखाउँछ। गोरखापत्रबाट
प्रकाशित: ६ पुष २०८०, शुक्रबार