Technology Khabar ६ पुष २०८०, शुक्रबार
काठमाडौं ।
युरोपेली संघले बुधबार पोर्नहब, स्ट्रिपच्याट र एक्सभिडियोज गरी तीन ओटा एडल्ट (वयस्क) कन्टेन्ट कम्पनीहरूलाई नयाँ अनलाइन कन्टेन्ट रुल्स (सामग्री नियमहरू) अन्तर्गत कडा नियमहरूको अधीनमा रहेको फर्मसको सूचीमा थपेको छ।
डिजिटल सर्भिस एक्ट (डीएसए) को रूपमा चिनिने नयाँ नियमहरूमा कम्पनीहरूले जोखिम व्यवस्थापन गर्न, बाह्य र स्वतन्त्र लेखा परीक्षण गर्न, र अधिकारीहरू र अनुसन्धानकर्ताहरूसँग डाटा साझा गर्न आवश्यक पर्ने रोयटर्सले रिपोर्ट गरेको छ।
गत अप्रिलमा, ईयूले नियमहरू अन्तर्गत पाँच ओटा अल्फाबेट सब्सिडियरी, दुई ओटा मेटा प्लेटफर्म एकाइहरू, दुई ओटा माइक्रोसफ्ट व्यवसायहरू, एक्स र अलीबाबाको अली एक्सप्रेस गरी कुल १९ कम्पनीहरूलाई सूचीमा तोकेको थियो।
तोकिएका उक्त कम्पनीहरूले गलत सूचनालाई सम्बोधन गर्न, प्रयोगकर्ताहरूलाई थप सुरक्षा र विकल्प दिन तथा बालबालिकाहरूको लागि बलियो सुरक्षा सुनिश्चित गर्न वा उनीहरूको विश्वव्यापी कारोबारको ६ प्रतिशत भन्दा बढी जोखिम जरिवाना सुनिश्चित गर्न थप काम गर्नुपर्नेछ।
“पोर्नहब, स्ट्रिपच्याट र एक्सभिडियोज कडा ३ डीएसए अब्लिगेसन्स (दायित्वहरू) अन्तर्गत पर्ने प्रयोगकर्ताको थ्रेसहोल्डहरू पूरा गर्छन्,” ब्लकका उद्योग प्रमुख थियरी ब्रेटनले भने, “हाम्रा बच्चाहरूको लागि सुरक्षित अनलाइन वातावरण सिर्जना गर्नु डीएसए अन्तर्गत कार्यान्वयन प्राथमिकता हो,” थप उल्लेख गरे।
४५ मिलियन थ्रेसहोल्डभन्दा बढी प्रयोगकर्ता संख्या भएको ठूला प्राविधिक कम्पनीहरूले भेरी लार्ज अनलाइन प्लेटफर्मस (भीएलओपी) का रूपमा तोक्न आवश्यक पर्ने बेलामा क्यानाडामा आधारित पोर्नहबले भने जुलाई ३१ सम्ममा ३३ मिलियन औसत मासिक प्रयोगकर्ताहरू आवश्यक स्तरभन्दा तल झरेको बताएको छ।
डेजिगनेसन कम्पनीले रिपोर्ट गरेको प्रयोगकर्ता नम्बरमा मात्र नभएर तेस्रो पक्ष वा वैकल्पिक स्रोतबाट प्राप्त जानकारीमा पनि आधारित हुन सक्ने आयोगका एक वरिष्ठ अधिकारीले बताएको उल्लेख छ।
त्यस्ता कम्पनीहरूले थ्रेसहोल्ड पूरा गर्ने उचित निश्चितता भएमा आयोगले डेजिगनेसन दिन सक्नेछ।
एक्सभिडियोजले पहिले उल्लेख गरे अनुसार ईयूमा यसको १६० मिलियन प्रयोगकर्ताहरू भएको जनाइएको छ। साथै स्ट्रिपच्याटले विश्वव्यापी रूपमा ५०० मिलियन प्रयोगकर्ताहरू रहेको दाबी गरेको छ।
जर्मनी, फ्रान्स र बेलायत जस्ता केही सरकारहरूले स्थानीय नियमहरू अगाडि बढाएर पोर्न वेबसाइटहरूमा लगाम लगाउने प्रयास गरेका छन्।
डेजिगनेसनको चार महिना भित्र पोर्नहब, एक्सभिडियोज र स्ट्रिपच्याटले नाबालिगहरूसहित अनलाइन प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न र तिनीहरूका सेवाहरूबाट उत्पन्न हुने प्रणालीगत जोखिमहरूलाई कम गर्न उपायहरू अपनाउनुपर्ने आयोगले एक विज्ञप्तिमा बताएको छ।
प्रकाशित: ६ पुष २०८०, शुक्रबार