Technology Khabar ५ पुष २०८०, बिहीबार
काठमाडौं ।
गुगलले प्ले स्टोर भर्सन ३८.८ जारी गरेको छ। यस अपडेटेड भर्सनका साथ गुगलले एउटै अकाउन्टमा कनेक्ट भएको डिभाइसबाट (रिमोट) टाढाबाट एप्स अनइन्स्ल गर्ने क्षमता प्रदान गर्छ। रिमोट अनइन्स्टल गुगलका सबै प्लेटफर्म पीसी, अटो, फोन, टिभी र वेयरमा काम गर्छ।
हाल तपाईले सोही गुगल अकाउन्ट अन्तर्गत डिभाइसमा एप्स इन्स्टल गर्न सकिन्छ। तर त्यसलाई हटाउन सकिँदैन। नयाँ फक्सनालिटीले अनइन्स्ट गर्ने अनुमति दिन्छ र प्ले स्टोरको नयाँ यूआईले सबै इन्स्टल एप्सलाई थप व्यवस्थित सूचीमा संकलन गर्छ। उद्दारणका लागि आकारको आधारमा, डिभाइसको आधार ग्रुल लगायत आधारमा अर्डर गर्न सकिन्छ।
एन्ड्रोइड टिभी, एन्ड्रोइड अटो वा वेयर ओएस एप्स व्यवस्थापन गर्दाका लागि विशेष रुपमा उपयोगी हुन सक्छ किनभने यसका इन्टरफेस थोरै अधिक सिमित हुन्छ।
डेस्कटप ब्राउजर वा एन्ड्रोइड फोन प्रयोग गरेर एप्स इन्स्टल र अनइन्स्टल गर्न धेरै सजिलो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
एपको नयाँ भर्सन अझै सबै प्रयोगकर्ताहरुमा पुग्न सकेको छैन। त्यसल्े यो फिचर्स प्राप्त गर्न केही समय लाग्न सक्छ।
प्रकाशित: ५ पुष २०८०, बिहीबार