Technology Khabar ५ पुष २०८०, बिहीबार
काठमाडौं ।
ओप्पोले आधिकारिक रूपमा पहिलो पटक फाइन्ड एक्स७ लाइनअपको उल्लेख गरेको छ। पहिलो टिजरले यो सिरिजमा सोनीको नयाँ १” टाइपको सेन्सर ‘एलवाईटी–९००’ सँग डेब्यु हुने खुलासा गरेको छ।
साथै पछिल्लो रिपोर्टहरूले प्रो भर्सनको आगमन नहुने सुझाव दिएको हुनाले उक्त प्लेटफर्म अब फाइन्ड एक्स७ अल्ट्रा स्मार्टफोनमा समावेश गरिने आशा गरिएको उल्लेख छ।
सोनी एलवाईटी ९०० आधिकारिक भने नभएको तर लीकहरूले यो ५० मेगापिक्सेल सहितको १६.३८४ एमएम डायग्नलमा प्रत्येक १.६ माइक्रोन्स (वा माइक्रोमिटर) मात्र ठूलो भएको उल्लेख छ। त्यसैगरी सेन्सरले आईएमएक्स९८९ का साथै सोनीको १”–टाइपको सेन्सरसँग पनि धेरै स्पेक्सहरू सेयर गर्ने जनाइएको छ।
डिजिटल च्याट स्टेशनका अनुसार नयाँ प्लेटफर्म पावर खपत घटाउँदै २२ एनएम नोडमा निमार्ण गरिएको (आईएमएक्स९८९ को ४० एनएमको सट्टा) छ। त्यसैगरी प्लेटफर्ममा डुअल कन्भर्सन गेन पनि हुनेछ भने जुन एमबियन्ट लाइट चेन्जेजमा आधारित हाई–गेन र लो–गेन मोडहरू बीचको स्वचालित समायोजन भएको जनाइएको छ। यसको अर्थ फोटोहरु रियलिस्टिक कलर्सका साथ थप स्पष्टता हुनेछ।
फाइन्ड एक्स७ डिभाइसले उन्नत प्रोसेसिङ्ग, इन्क्रिज्ड लाइृट सेन्सिटिभिटी र तस्विरको स्पष्टताका साथै ब्रोडर डायनामिक रेन्ज ल्याउनेछ भने यी सबैले प्रयोगकर्ताहरूलाई “अनप्यारेरल फोटोग्राफी एक्सिपिरियन्स” को वाचा गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: ५ पुष २०८०, बिहीबार