ब्राजिलकी प्रथम महिलाले एकाउन्ट ह्याक भएको भन्दै मस्कको एक्स विरुद्ध मुद्दा हाल्ने

Technology Khabar ५ पुष २०८०, बिहीबार

काठमाडौं ।

ब्राजिलकी प्रथम महिला रोजान्जेला ‘जान्जा’ लुला दा सिल्भाले गत हप्ता उनको खाता ह्याक भएपछि इलन मस्कको स्वामित्वमा रहेको सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएकी छिन्।

कथित ह्याकरले डिसेम्बर ११ मा जान्जाको खातामा प्रवेश गरेर प्रथम महिला र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको अपमानसहित धेरै सन्देशहरू पोस्ट गरेको रोयटर्सले उल्लेख गरेको छ।

“मलाई अझै थाहा छैन कि मैले उनीहरूलाई अमेरिकामा मुद्दा हाल्नु पर्छ वा ब्राजिलमा, तर म उनीहरूलाई मुद्दा हाल्छु,” जान्जाले लुलासँगै प्रत्यक्ष प्रसारणमा भनिन।

त्यसैगरी उनले ब्राजिललाई सोशल मिडिया प्लेटफर्महरू नियमन गर्न आह्वान गर्नुका साथै उनीहरूलाई आफ्ना प्रयोगकर्ताहरूको कार्यहरूको लागि जवाफदेही हुनुपर्ने थप बताएकी छन्।

लुलाले सामाजिक सञ्जाल नियमन विश्वव्यापी रूपमा आवश्यक भएकोमा सहमत भएको तर मुद्दाको जटिलताका बारेमा आफ्नो चिन्ता पनि व्यक्त गरेको उल्लेख छ।

“सेन्सरसिप नलगाई यसलाई कसरी सामना गर्न सकिन्छ भनेर जान्न चुनौतीपूर्ण भएको” वामपन्थी नेताले बताएको उल्लेख गरिएको छ।

“मलाई थाहा छ युरोपेली युनियनले पहिले नै केही नियमहरू गरिसकेको छ। हामीले संयुक्त राज्य अमेरिका र चीनले के गर्दैछ भनेर पनि धेरै नजिकबाट हेर्नुपर्नेछ” उनले थप बताएकी छन्।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया