
काठमाडौं ।
भारतको नयाँ ब्रान्ड जितेन्द्र ईभीले टेक प्राइमो ट्रान्सप्यारेन्ट इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। नासिक स्थित इलेक्ट्रिक दुई पांग्रे निर्माता जितेन्द्र ईभीले ७९ हजार ९९९ भारु (एक्स शोरुम) मूल्यमा प्राइमो इलेक्ट्रिक स्कुटर पेस गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
लन्चको समय नयाँ जितेन्द्र ईभी प्राइमो पारदर्शी ग्लास बडीवर्कका साथ पेस गरिएको छ। यो यस प्रकारको भारतको पहिलो स्कुटर हो। यद्यपि कम्पनीले हालसम्म यस प्रकारको बडीवर्कको उत्पादन सुरु नगरेको जनाएको छ।
हाल प्राइमो चार रंग ब्ल्याक, सिल्भर, रेड र ह्याइटमा उपलब्ध छ। इलेक्ट्रिक स्कुटरमा इकोनोमी, हाई स्पीड र बूस्ट गरी तीन राइडिङ मोड दिइएको छ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलईडी ल्याम्प, यूएसबी चार्जिङ पोर्ट, साइड स्ट्यान्ड इन्डिकेटर, थर्मल प्रोपेगेशन अलबर्ट र रिभर्स असिस्ट लगायत फिचर्स उपलब्ध छ। यसका १० इन्चको ट्यूबलेस टायर छ।
टेक प्राइमो ट्रान्सप्यारेन्टको रियरमा ड्रम ब्रेक र फ्रन्टमा डिस्क ब्रेक छ। यसमा ६० भोल्ट, २६ एम्पिएर आवरको ब्याट्री प्याक दिइएको छ। जसले सिंगल चार्जमा ६५ किलोमिटरको रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।
यो मोडल ७ डिग्री ग्रेडिएन्ट क्षमताका साथ ५२ किलोमिटर प्रति घण्टाको स्पीडमा गुड्न सक्छ। इलेक्ट्रिक स्कुटरमा स्प्रिङ कोइलका साथ टेलिस्कोपिक फोक्र्स र हाइड्रोलिक फोक्र्स छ।
हाल प्राइमो एक भेरियन्टमा उपलब्ध छ। तर कम्पनी आगामी वर्ष प्राइमो एस ९० किलोमिटर रेञ्ज र प्राइमो प्लस १३० किलोमिटर रेञ्जका साथ उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ। कम्पनीले प्राइमो इलेक्ट्रिक स्कुटरमा तीन वर्षको वारेन्टी दिइरहेको छ।
यसको ब्याट्री दुई वर्षको वारेन्टीका साथ एक वर्षको अतिरिक्त वारेन्टीमा उपलब्ध छ।
प्रकाशित: ५ पुष २०८०, बिहीबार