काठमाडौं ।
टेक कम्पनी गुगलले प्ले स्टोरसँग सम्बन्धित एन्टिट्रस्ट मुद्दा मिलाउन ७०० मिलियन अमेरिकी डलर तिर्ने बताएको छ।
सन् २०२१ मा, ३६ ओटा अमेरिकी राज्यहरूका साथै डिस्ट्रिक्ट अफ कोलम्बियाले गुगललाई प्ले स्टोर एन्टिट्रस्ट कन्सर्न (चिन्ताहरू) मा मुद्दा हालेको थियो। उक्त मुद्दा सेप्टेम्बरमा तय भएतापनि सर्तहरूको बारेमा हालै मात्र खुलासा गरिएको छ।
अब, गुगलले सेटलमेन्ट फण्डमा ६३० मिलियन अमेरिकी डलरको योगदान गर्नेछ जुन “डिस्ट्रिब्युटेड फर द बेनिफिट अफ कन्जुमर्स” अर्थात उपभोक्ताहरूको फाइदाको लागि वितरित गरिनेछ। साथै कम्पनीले “राज्यहरूले प्रयोग गर्ने कोष” मा ७० मिलियन अमेरिकी डलर पनि तिर्ने जनाइएको छ। यद्यपी यो कसरी वितरण हुन्छ भन्ने बारेमा कुनै विवरण उपलब्ध नभएको उल्लेख छ।
एन्ड्रोइडले सिम्प्लीफाईड गरिएको साइडलोडिङ प्रोसेस (प्रक्रिया) का साथै अद्यावधिक गरिएको भाषा प्राप्त गर्ने जनाइएको छ। साथै उक्त ल्याङ्गवेजले प्रयोगकर्ताहरूलाई पहिलो पटक वेबबाट प्रत्यक्षरूपमा एपहरू डाउनलोड गर्ने सम्भावित जोखिमहरूको बारेमा जानकारी दिने छ।
एन्ड्रोइड १४ मा, वैकल्पिक स्टोरहरूले भविष्यका एप्लिकेसन अपडेट्सको लागि जिम्मेवार र ह्यान्डल गर्न सक्नेछन्। यसमा अटोमेटिक अपडेट इन्स्टल्स समावेश रहेको छ जुन एप प्रयोग नगरिएको बेला हुनसक्ने उल्लेख गरिएको छ।
यसैबीच, युजर च्वाइस बिलिङमार्फत एन्ड्रोइड एप्स र गेमहरूले आफ्नै भुक्तानी प्रणाली प्रस्ताव गर्न सक्ने र यो अमेरिकामा विस्तार भइरहेको जनाइएको छ।
अदालतले औपचारिक रूपमा सम्झौता अनुमोदन गरेपछि मात्र यी परिवर्तनहरू लागू हुनेछन्। यो एपिक गेम्स संलग्न रहेको मुद्दाको अदालती परीक्षण भन्दा अलग विषय हो।
प्रकाशित: ४ पुष २०८०, बुधबार