एनसेलको शेयर खरिदबिक्री विषयक रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
एनसेलको शेयर खरिदबिक्री विषयक रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडको शेयर खरिदबिक्री भएको विषयमा दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले मङ्सिर २२ गते दायर गरेको रिटमा मङ्गलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इसलासले कारण देखाऊ आदेश दिएको हो।

उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अदालतले अन्तरिम आदेशका लागि विपक्षीलाई छलफलमा बोलाउने आदेश दिएको छ।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले यसको बारेमा छानबिन गर्नुपर्ने माग समेत गर्दै आएका छन्।

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार