
काठमाडौं ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट-२०२३’ आयोजना गर्ने घोषणा गरेको छ।
पठाओले पुस ५ (डिसेम्बर २१) देखि ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ अहिलेसम्मकै ठूलो अफर सार्वजनिक गरेको हो।
सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही ब्यक्तिहरू पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन्। कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ। जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ।
एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो ।
सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ । पठाओ सुपरफेस्ट यसअघि आयोजना भएको पठाओ फुड फेस्ट २०२३ भन्दा पनि भव्य हुने हमालले बताइन्।
यस फेस्टमा १ प्लेटमा २० वटा मस्मस्, फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा मस्मस् फ्री, एक रुपैयाँमै पिज्जार बर्गरर मस्मस्र बिर्यानी र आलु दममा रम फ्री लगायत सोच्नै नसकिने अफरहरू राखिएको हमालले जानकारी दिइन्।
उनका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको छ।
कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड पाउनेछन्। जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने हमालले बताइन्।
कम्पनीका अनुसार, सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जित्नेछन्।
कम्पनीले जति धेरै अर्डर गर्यो उति धेरै पुरस्कार जित्ने अवसर रहेको जनाएको छ। साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेतालाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी प्रदान गरिने हमालले जानकारी दिइन्।
पठाओको यस सुपरफेस्ट पुस २५ गते सकिने बताईएको छ।
प्रकाशित: ३ पुष २०८०, मंगलवार