एनसेलको शेयर खरिद बिक्री विषयमा सांसद अमरेशकुमार सिंहको रिट सुनुवाइ हुँदै

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
एनसेलको शेयर खरिद बिक्री विषयमा सांसद अमरेशकुमार सिंहको रिट सुनुवाइ हुँदै

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडको शेयर खरिद बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।

सो रिट निवेदन माथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको हो।

प्रतिनिधिसभाका सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको आरोप लगाउँदै मंसिर २२ गते रिट दायर गरेका हुन्।

यसअघि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको थियो।

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...