नूबिया रेड म्याजिक ९ प्रो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध, सुरुवाती मूल्य ६४९ डलर

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार

काठमाडौं ।

गत महिना चीनमा लन्च भएको नूबिया रेड म्याजिक ९ प्रो सोमबारदेखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइएको छ।

स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र एक यूनिक डिजाइनमा उपलब्ध छ। यो सबै तर्फ फ्ल्याट छ र कुनै कर्भ स्क्रीन, क्यामरा बम्प छैन र एल्मूमिनियम साइड पनि फ्ल्याट छ।

पछिल्लो क्वालकम चिपसेट १२ जीवी र १६ जीबी एलपीडीडीआर५एक्स र्याममा उपलब्ध छ। विश्वव्यापी यूनिटको स्टोरेज क्षमता २५६ जीबी र ५१२ जीबी छ।

डिभाइसमा तापमान कम राख्नका लागि कुल क्षेत्रफलको १० हजार वर्ग मिमीभन्दा बढीको कुलिङ सिस्टम दिइएको छ।
रेड म्याजिक ९ प्रोमा एयर डक्ट पनि छ, जुन अघिल्लो भन्दा ठूलो छ, र तीव्र गतिको फ्यान २२ हजार आरपीएमसम्म पुग्न सक्छ।

रेड म्याजिक ९ प्रोमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ, जसमा ५० मेगापिक्सेलको अल्ट्रावाइड–एंगल शूटर र आधारभूत २ मेगापिक्सेलको म्याक्रो लेन्स छ।

फोनको गेमिङ फोकस प्रेस–सेन्सेटिभ शोल्डर ट्रिगरहरू र रेड म्याजिक ओएस ९ (एन्ड्रोइड १४मा आधारित) को गेमिङ मोड अन गर्न डेडिकेटेड स्लाइडर कन्ट्रोल पनि रहेको छ। ६ हजार ५०० एमएएच ब्याट्रीले ८० वाट चार्जिङ सपोर्ट गर्छ।

नूबिया रेड म्याजिक ९ प्रो तीन कलर र दुई भर्सनमा उपलब्ध छ। स्लीट (ब्ल्याक) १२÷२५६ मूल्य ६४९ अमेरिकी डलर, स्नोफल (सिल्भर) र साईक्लोन (ट्रान्सप्यारेन्ट) १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ।

ग्लोबल वेबसाइटमा प्रिअर्डर २७ डिसेम्बरदेखि खुल्ला हुनेछ भने बिक्रीको लागि २०२४ जनवरी ३ को तालिका तय गरिएको छ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया