
काठमाडौं ।
चीनको सवारी निर्माता एनआईओको एक ईभी छिट्टै ‘सेमी–सोलिड स्टेट’ १५० किलोवाट आवर ब्याट्री (१४० किलोवाट आवर ब्याट्री प्रयोग गर्न योग्य)का साथ बजारमा आउने छ। यो ब्याट्री कुनै पनि प्यासेन्जर कार मध्येको सबैभन्दा शक्तिशाली भएको न्यूज चाइनाले रिपोर्ट गरेको छ।
अधिक रेञ्ज देखाउनका लागि एनआईओका सीईओ विलियम लीले इटी७ को एक प्रोटोटाइप भर्सनलाई १४ घण्टामा १ हजार ४४ किलोमिटर (६५० माइल) सम्म चलाएका थिए। यो ग्यासबाट चल्ने सवारीले पार गर्ने दुरी हो।
परीक्षण अपेक्षाकृत चिसो तापक्रममा (२८-५४ फरेन्टहाइट बीचमा) चलाइएको थियो र प्रत्यक्ष प्रसारण गरिएको थियो। ड्राइभिङ मुख्याता सेमी–अटोनोमस (वा नेभिगेट–अन–पालयट प्लस, जसलाई एनआईओ कल भनिन्छ), गति सीमित ९० किलोमिटर प्रति घण्टामा चलाइएको थियो। औसत गति ८३.९ किलोमिटर प्रति घण्टा र रोकिएको समयसहित यात्रा समय १२.४ घण्टा रहेको थियो।
‘यो सहनशीलता चुनौती पूरा हुन १५० किलोवाट आवरको अल्ट्रा–लङ सहनशीलता ब्याट्री प्याकको उत्पादन शक्ति प्रमाणित गर्दछ,’ लीले विइवो पोष्टमा भनेका छन्। ‘अधिक महत्त्वपूर्ण कुरा, बिक्रीमा रहेका सबै मोडेलहरू एनआईओ ब्याट्री स्वाप प्रणाली मार्फत लचिलो रूपमा १५० किलोवाट आवर ब्याट्रीहरूमा अपग्रेड गर्न सकिन्छ।’
ईटी७ को १५० किलोवाट आवर ब्याट्री कारबाट अलग अलग भाडामा मात्र उपलब्ध हुनेछ। जस्तै युरोपमा बिक्री हुने केही कारमा देखिएको छ। यस अघि कम्पनीले ब्याट्री मात्रै पूर्ण कार (कम्पनीको इन्ट्री लेभल ईटी५ ईभी) मुख्य पर्छ, जुन करिब ४२ हजार अमेरिकी डलर हो।
विलियोन न्यू इनर्जीद्वारा निर्मित, ब्याट्रीमा सम्पूर्ण प्याकको लागि सिंगल सेल इनर्जी डेनसिटी ३६० किलोवाट प्रति केजी वा २६० किलोवाट प्रति केजी छ। यो टेस्लको नयाँ सेल ३०० किलोवाट प्रति केजी भन्दा कम हो।

सेमी–सोलिड स्टेट ब्याट्रीहरूले जेल, माटो वा राल इलेक्ट्रोलाइटहरू प्रयोग गर्दछ, वर्तमान ब्याट्रीहरूको तुलना अधिक इनर्जी डेनसिटी र अग्नी प्रतिरोध प्रदान गर्छ।
यद्यपि यो अहिले पनि पूर्ण सोलिड स्टेट ब्याट्रीले प्रतिज्ञा गरेको भन्दा टाडा छ। जसले सम्भवत इनर्जी डेनसिटी दोब्बर गर्न सक्छ।
प्रकाशित: ३ पुष २०८०, मंगलवार