
काठमाडौं ।
केहि हप्ता अघि सामूहिक साइबर आक्रमणबाट प्रभावित भएको युक्रेनको सबैभन्दा ठूलो मोबाइल अपरेटरले युक्रेनभरि मोबाइल इन्टरनेट पुनर्स्थापित गर्नुका साथै अन्तर्राष्ट्रिय रोमिङ पनि पुनर्स्थापित गरेको शुक्रबार बताएको छ।
फेसबुकको एक विज्ञप्तिमा किभस्टारले एसएमएस टेक्स्ट मेसेजीङ रिस्टोरिङ (पुनर्स्थापना) मा काम गरिरहेको बताएको छ। साथै नेटवर्कले फोरजी लगायत सबै मापदण्डमा अपरेटिङ्ग गरिरहेको जनाएको छ।
“यद्यपि हाल यो कम गतिमा काम गरिरहेको भए तापनि यसको मतलब यो हो कि सबै सञ्चारको गुणस्तर चाँडै सुधार हुनेछ” विज्ञप्तिमा उल्लेख गरिएको छ।
“केही इलाकाहरूमा अझै पनि सञ्चारमा सर्ट–टर्म कठिनाइहरू हुन सक्छन्। तर हाम्रा विशेषज्ञहरूले तीनीहरुलाई छिटो भन्दा छिटो हटाउनेछन्।”
किभस्टारको डचमाआधारित मूल कम्पनी भिओन लिमिटेडले यसअघिको एक विज्ञप्तिमा सेवाहरू पुनः सुरु गरेको घोषणा गरेको थियो।
बिहीबार, किभस्टारका सीईओ अलेक्जेन्डर कोमारोभले आक्रमण पछि सबै सेवाहरू पुनर्स्थापित गर्नका लागि कम्पनीलाई केही हप्ता लाग्न सक्ने बताएका थिए।
युक्रेनको आधा भन्दा बढी जनसंख्याको ग्राहकहरूलाई मोबाइल सेवा प्रदान गर्दै आएको किभस्टारमा भएको मंगलबारको आक्रमणले सेवाहरू बन्द गर्नुका साथै धेरै क्षेत्रहरूमा आईटी पूर्वाधार र एयर रेड अलर्ट सिस्टमलाई क्षति पुर्याएको उल्लेख गरिएको छ।
यद्यपी ग्राहक डाटामा भने कुनै पनि सम्झौता नगरिएको कोमारोभले बताएको छ।
बुधवार, युक्रेनको सुरक्षा सेवा एसबीयूद्वारा रूसी सैन्य खुफियासँग सम्बद्ध रहेको भनेर विश्वास गरिएको सोल्टसेप्योक नामको समूहले टेलिग्राम मेसेन्जर एपमार्फत एक पोस्टमा आफूहरुले उक्त आक्रमण गरेको जिम्मा लिएको रोयटर्सले उल्लेख गरेको छ।
‘ह्याकरहरूले आक्रमणको लागि एक कर्मचारीको कम्प्रमाइज्ड अकाउन्ट प्रयोग गरेको र तिनीहरूले कसरी पहुँच गरे भन्ने बारेमा अनुसन्धान भइरहेको’ किभस्टारका सीईओले बताएको उल्लेख छ।
प्रकाशित: ३ पुष २०८०, मंगलवार