सिंहदरबारबाटै नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण

Technology Khabar २ पुष २०८०, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन्।

आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए।

‘भर्चुअल’ निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ।”

प्रकाशित: २ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया