आईफोन १७ प्रो म्याक्समा ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा रहने

  • Technology Khabar | २ पुष २०८०, सोमबार
आईफोन १७ प्रो म्याक्समा ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा रहने

काठमाडौं ।

एप्पलको आगामी आईफोन १६ को बारेमा पनि निरन्तर विभिन्न भित्री जानकारीहरु र लीकहरू आउन थालिसेकका छन्। त्यसैगरी सन् २०२५ मा लन्च हुने आईफोन १७ प्रो म्याक्सको बारेमा पनि चर्चाहरु सुरु हुन थालेको छ।

एप्पलको सप्लाई चेन सम्बन्धि कम्पनीको बारेहरूमा कभर गर्ने विश्लेषक जेफ पु ले यस मोडलमा ४८ मेगापिक्सेलको टेलिफोटो क्यामरा रहने जनाएका छन् भने यसलाई कुनै न कुनै रूपमा आगामी भिजन प्रो हेडसेटसँग प्रयोग गर्नका लागि अनुकूलित हुने थप उल्लेख गरिएको छ।

यद्यपी अप्टिमाइजेसनको बारेमा जेफ पु ले अन्य कुनै पनि विवरणहरूको बारेमा उल्लेख गरेका छैनन्।

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सले थ्रिडी डेफ्थका साथ स्पेसल भिडियो रेकर्ड गर्न सक्ने र जुन आईओएस १७.२ मा सुरु हुने भिजन प्रोमा प्लेब्याकको लागि अर्थपूर्ण हुने उल्लेख गरिएको छ।

त्यसैगरी आईफोन १६ प्रो यसअघि नै ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामराको साथ आउने अपेक्षा गरिएको छ। हालको आईफोन १५ प्रो मा ४८ मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिसकिएको छ। यसको अर्थ अब आईफोन १७ प्रो/म्याक्स एप्पलको इतिहासमा ट्रिपल ४८ मेगापिक्सेल सहितको रियर क्यामराहरूका साथ आउने पहिलो आईफोन हुन सक्नेछ।

यद्यपी आईफोन १७ लन्च हुनका लागि अझैपनि दुई वर्ष बाँकी रहेको हुनाले यी सबै विवरणहरू अझै स्पष्ट र प्रमाणित छैनन्। एप्पलले अहिलेको क्षणमा उल्लिखित सबै कुरा गर्ने योजना बनाएको भएतापनि लामो टाईम फ्रेममा धेरै चीजहरू परिवर्तन हुन सक्नेछ।

प्रकाशित: २ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...