Technology Khabar २ पुष २०८०, सोमबार
काठमाडौं ।
मेटाले चाँडै नै रे–ब्यान मेटा स्मार्ट ग्लासेस (चश्मा) लन्च गर्न लागेको छ। मेटाका उक्त नयाँ स्मार्ट ग्लासेज (चश्माहरू) एआई फङ्गसनालिटी (कार्यक्षमता) का साथ आउने उल्लेख छ।
फेसबुकको मुख्य कम्पनी मेटाले भर्खरै घोषणा गरेअनुसार अमेरिकामा चयन गरिएका प्रयोगकर्ताहरूले भर्चुअल असिस्सटेन्ट “हे मेटा” एक्टिभेट (सक्रिय) गरेर प्रयोगकर्ताको फिल्ड अफ भिजनका अब्जेक्ट्स (वस्तुहरू) को मूल्याङ्कन गर्न र टिप्पणी गर्नका लागि चश्माको क्यामरा र माइक्रोफोनहरू प्रयोग गर्न सक्ने गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।
इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा मेटाका सीईओ मार्क जुकरबर्गले रे–ब्यान मेटा स्मार्ट ग्लासेस् (चश्मा) को एआई फङ्गसनालिटी प्रदर्शन गरेको उल्लेख छ। साथै जुकरबर्गले डिभाइसलाई मल्टिमोडल एआईमा परीक्षण भइरहेको देखाएको छ।
मल्टिमोडल एआई टेकले डिभाइसलाई हेर्न र सुन्नका लागि अनुमति दिनेछ भने इन्स्टाग्राम रिल्स भिडियोले पनि यसको प्रभावशाली एआई पर्फमेन्स देखाएको उल्लेख गरिएको छ।
त्यसैगरी “हे मेटा” ले के लगाउने भनेर सिफारिस पनि गर्न सक्नेछ सीईओले थप बताए। रे–ब्यान स्मार्ट ग्लासेस (चश्मा) मा मेटा एआईको परीक्षण चरण अमेरिकामा अप्ट–इन प्रारम्भिक पहुँच कार्यक्रम मार्फत लन्च गरिनेछ।
त्यसका साथै मेटाले अमेरिकामा सम्पूर्ण रे–ब्यान मेटा डिभाइसहरूमा मेटा एआई रियल–टाइम इन्फर्मेसन (जानकारी) सोध्ने क्षमता पनि रोल आउट गर्ने जनाइएको छ। यस पहललाई आंशिक रूपमा बिंगले पावर गर्ने उल्लेख गरिएको छ।
मेटा अनलाइन स्टोरहरूमा मेटा वेफेरर र मेटा हेडलाइनर मोडलहरूको रूपमा उपलब्ध हुने प्रत्येकको लागि २९९ अमेरिकी डलर कायम गरिएको छ। साथै दुबै विकल्पहरू म्याट ब्ल्याक, ग्लसी, साइनि जीन्स र साइनि क्यारामेल गरी सात ओटा रङ्गहरुको विकल्पहरूमा अफर गरिने छन्। लेन्सहरू क्लियर, ग्रिन, एम्बर, ब्लू वा ब्राउनमा उपलब्ध हुनेछन्। साथै क्लियर लेन्स अप्सन ब्लू लाइट फिल्टर सहित उपलब्ध हुन वा नहुन पनि सक्ने उल्लेख गरिएको छ।
मेटाले एआई क्षमताहरू भएका रे–ब्यान मेटा स्मार्ट ग्लासेस् (चश्मा) को प्रि–रिलिज संस्करण लन्च गर्नेछ। साथै यो अमेरिकामा चयन गरिएका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने थप उल्लेख गरिएको छ। त्यसैगरी फुल–रिलीज अप्टिक्स पनि पछि प्रदान गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: २ पुष २०८०, सोमबार