
काठमाडौं ।
संसारको ठूलो इलेक्ट्रिक कार निर्माता मध्ये एक टेस्ला भारतीय बजारमा प्रभुत्व जमाउन संघर्स गर्दै आइरहेको छ। भारतीय अटो बाजरमा टेस्लाको कुल प्यासेन्जर इलेक्ट्रिक सवारीको बिक्रीको जम्मा २ प्रतिशत हिस्सा रहेको छ। भारतमा इलेक्ट्रिक प्यासेन्जर सेगमेन्ट बढ्दो क्रममा छ। हाल यस सेगमेन्टमा टाटा मोटर्सले अग्रता लिइरहेको छ।
हुन्डाई, किया, महिन्द्रा, सिट्रोएन, एमजी, अडी, बेन्ज, बीएमडब्ल्यू र जगुआरसँग कम्पनीमा एउटा अल इलेक्ट्रिक मोडल छ। भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले २०२४ को अन्त्यसम्म आफ्नो पहिलो ब्याट्री मोडल सवारी ल्याउनेछ।
हालसम्म टेस्ला भारतीय बजारमा प्रभाव जमाउन सफल भइरहेको छैन। यसको प्रमुख कारण भनेको टेस्ला ईभीको महँगो मूल्यलाई मानिएको छ। टेस्लाको लो एण्डको टेस्ला मोडल ३ ईभीको मूल्य करिब ३९ हजार अमेरिकी डलरभन्दा बढी छ।
भारतमा लाग्दै आएको ७० प्रतिशत आयात शुल्कका साथ यसको मूल्य मिड रेञ्ज मर्सिडिज, अडी, बीएमडब्ल्यू एसयूभीकै हाराहारीमा पर्न जान्छ। पछिल्लो समय भारतमा इभी अपनाउनेको संख्या बढेसँगै टेस्लाले भारतीय बजारमा आउन इच्छा जाहेर गरिरहेको छ।
साथै, रोयटर्सको गत हप्ताको रिपोर्ट अनुसार टाटा मोटर्सले सरकारसँग आयात करमा कटौती नगर्न लबिङ गर्दै आइरहेको छ। यस्तोमा टेस्लालाई भारत आवश्यक हो कि भारतको लागि टेस्ला भन्ने प्रश्न खडा भएको छ।
यदि टेस्ला कार भारतमा उत्पादन गरिए कम्पनीलाई फाइदा हुन सक्छ। हाल भारतको भन्सार प्रणालीले इलेक्ट्रिक कार र हाइड्रोकार्बन–सञ्चालित सवारीका साथ एक व्यवहार गर्दै आएको छ।
भारत सरकारले घरमा निर्माण हुने सवारीलाई प्रोत्साहित गर्न आयात हुने वस्तुमा कर लगाउँदै आएको छ। यसका साथै आयात हुने कारको इन्जिनको आधार र लागत मूल्यमा कर लगाउँदै आएको छ।
यस्तोमा भारतको केन्द्र सरकारले देशमा ईभी आयात शुल्कमा छुट दिने कुनै प्रस्तावमा विचार गरेको छैन।
लोकल भ्यालू एडेड कस्ट तथा ईभी आयातका लागि सब्सिडी मार्फत सम्भावित छूट सम्बन्धि प्रश्नको जवाफ दिँदै वाणिज्य तथा उद्योग राज्य मन्त्री सोम प्रकाशले भने २५ हजा ९३८ करोड भारुको बजेटका साथ प्रोडक्सन लिंक इन्सेन्टिभ योजना सुरु गरेको बताए।
यो अटोमोबाइल र अटो कम्पोनेन्ट उद्योगका लागि घोषणा गरिएको हो। उनले भारतमा ईभी आयातमा छूट वा सब्सिडीका सम्बन्धमा हाल कुनै प्रस्तावमा विचार नगरिएको बताए।
ब्लूमबर्गको रिपोर्ट अनुसार भारत अमेरिकी सवारी निर्माता टेस्लाका एक सम्झौतालाई अन्तिम रुप दिने चरणमा छ। यस सम्झौता अनुसार अर्को वर्ष भारतमा टेस्लाले आफ्नो इलेक्ट्रिक सवारी आयात गर्नेछ र दुई वर्ष भित्रमा एक फ्याक्ट्री स्थापना गर्न सहूलित प्राप्त गर्नेछ। हालका लागि भने टेस्ला चीनमा रहेको गिगा फ्याक्ट्रीबाट ईभी आयात गरेर बिक्री गर्ने उद्देश्य राखेको छ।
यस्तोमा भारत सरकारले आयात करमा कुनै सम्झौता नगर्ने संकेत गरेको छ। अधिक मूल्यका कारण भारतमा आफ्नो ईभी ठूलो संख्यामा बिक्री गर्न टेस्लालाई मूस्किल हुनेछ।
प्रकाशित: २ पुष २०८०, सोमबार