मोबाइल एप मार्फत बैंकिङ कारोबार गर्ने नेपाली प्रयोगकर्ताको संख्या सवा दुई करोड

  • Technology Khabar | २ पुष २०८०, सोमबार
मोबाइल एप मार्फत बैंकिङ कारोबार गर्ने नेपाली प्रयोगकर्ताको संख्या सवा दुई करोड

काठमाडौं ।

नेपालमा मोबाइल एप मार्फत बैंकिङ कारोबार गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८० कार्तिकको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड २५ लाख ५ हजार ८३ देखिएको छ।

गत आर्थिक वर्षको कार्तिकमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ९४ लाख ३ हजार ६८० थिए। एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या ३१ लाख १ हजार ४०३ ले अर्थात १५.९८ प्रतिशतले बढेको छ।

२०८० कार्तिकमा मोबाइल बैंकिङ मार्फत २ खर्ब १८ अर्ब ३० करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छ। गत वर्षको कार्तिकमा मोबाइल बैंकिङ मार्फत १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको थियो।
२०८० कार्तिकमा मोबाइल बैंकिङ मार्फत २ करोड ५६ लाख ४९ हजार ८० पटक कारोबार भएको छ भने गत वर्षको कार्तिकमा २ करोड ५ लाख ८ हजार २९ पटक कारोबार भएको थियो।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: २ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार