Technology Khabar १ पुष २०८०, आईतवार
काठमाडौं ।
इन्टेलले आधिकारिकरूपमा आफ्नो नयाँ इन्टेल कोर १४औं जेनेरेसन डेस्कटप प्रोसेसर सिरिज लन्च गरेको छ। यसमा फ्ल्यागशिप इन्टेल कोर आई९–१४९००केले प्याकको नेतृत्व गरेको छ।
यो नयाँ लाइनअपले ६ ओटा अनलक्ड डेस्कटप प्रोसेसर्स फिचर गर्ने र २४ कोरहरु, ३२ थ्रेडहरू र ६ गिगाहर्ज सम्मको प्रभावशाली फ्रिक्वेन्सी प्रदान गर्नेछ।
आई९–१४९००के ले संसारको सबैभन्दा तिब्र डेस्कटप प्रोसेसरको शीर्षकमा दाबी गरेको छ भने यसले गेमरहरूलाई सुरुदेखि नै यसको ६ गिगाहर्ज गति मार्फत पर्याप्त ऐज प्रदान गर्ने उल्लेख छ। क्रिएटर्सहरूका लागि भनेर इन्टेल कोर आई७–१४७००के ले २० कोर्स र २८ थ्रेडहरूका साथै यसको पूर्ववर्ती भन्दा २५ प्रतिशत वृद्धि प्रदान गर्दै मल्टि–थ्रेडेड वर्कलोडहरूमा महत्त्वपूर्ण प्रदर्शन लाभहरू सुनिश्चित गर्नेछ।
इन्टेलले आफ्नो एक्स्ट्रिम ट्युनिङ युटिलिटी (एक्सटीयू) मा नयाँ एओई असिस्ट फिचर प्रस्तुत गर्नुका साथै सेलेक्ट अनलक्ड इन्टेल कोर १४औं जेन डेस्कटप प्रोसेसरहरूको लागि वान–क्लिक एआई–निर्देशित ओभरक्लिङ प्रदान गर्नेछ। यस फिचरले ओभरक्लिङ एक्सपिरियन्समा सरलता ल्याउने भएकाले यसले विज्ञ र शुरुआती दुवैलाई क्याटरिङ्ग गर्ने उल्लेख गरिएको छ।
इन्टेल कोर १४औं जेन प्रोसेसरहरूले दैनिक कार्यप्रवाहहरूको लागि गणना कार्यसम्पादनलाई प्राथमिकता दिँदै इन्टेलको एडभासन्ड पर्फमेन्स हाइब्रिड आर्किटेक्चरको लाभ उठाउने जनाइएको छ। लाइनअपले “लिडीङ कम्पिटिटर्स प्रोसेसर्स” को तुलनामा २३ प्रतिशत पर्फमेन्स अपलिफ्ट प्रदान गर्दै इमर्सिभ गेमिङ अनुभवको वाचा गरेको उल्लेख छ।
इन्टेल एप्लिकेसन अप्टिमाइजेसन (एपीओ) र थ्रेड डाइरेक्टर एप्लिकेसन थ्रेड शेड्युलिंग सहित एनहान्स्ड गेमिङ–फोक्स्ड फिचर्स (केन्द्रित सुविधाहरू), एप्लिकेसन थ्रेडिङ सुधार गर्ने लक्ष्य राखेको उल्लेख छ। यसबाहेक, यी प्रोसेसरहरूले डीडीआर५एक्सएमपी गतिलाई ८,००० मेगाट्रान्सफर/सेकेन्ड (एमटी/एस) भन्दा वियोन्ड राम्रोसँग समर्थन गर्ने उल्लेख गरिएको छ।
इन्टेलको नवीनतम डेस्कटप प्रोसेसर फ्यामली वाई–फाई ६/६ई र ब्लुटुथ ५.३ को लागि एकीकृत समर्थनका साथै नयाँ वाई–फाई ७ र ब्लुटुथ ५.४ वायरलेस टेक्नोलोजीहरूको लागि अलग समर्थन रहेको छ।
प्रोसेसरहरूले दुवै इन्टेल ६०० र ७०० सिरिज चिपसेटहरूसँग अनुकूलता कायम राख्दै उत्साहीहरूलाई सजिलैसँग अवस्थित प्रणालीहरू अपग्रेड गर्न र नवीनतम पुस्ताको गेमिङ र सिर्जनाकर्ता प्रदर्शनको आनन्द लिन अनुमति दिनेछ।
प्रकाशित: १ पुष २०८०, आईतवार