भारतमा सिम्पल इनर्जीको डट वान इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज १५१ किलोमिटर

  • Technology Khabar | ३० मंसिर २०८०, शनिबार
भारतमा सिम्पल इनर्जीको डट वान इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज १५१ किलोमिटर

काठमाडौं ।

सिम्पल इनर्जीले भारतीय बजारमा डट वान इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। यो कम्पनीको सिम्पलन वान इलेक्ट्रिक पछिको दोस्रो स्कुटर हो। सिम्पल डट वान इलेक्ट्रिक स्कुटरको मूल्य ९९ हजार भारु (एक्स शोरुम) तोकिएको छ। बेंगलुरुका ग्राहकको लागि ईभी यस शुरुवाती मूल्यमा उपलब्ध हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

सिम्पल डट वान इलेक्ट्रिक स्कुटर प्रिबुकिङ गरेका बेंगलुरका ग्राहकले यस सुरुवाती मूल्यमा प्राप्त गर्नेछन्। यो अफर सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

हाल इलेक्ट्रिक स्कुटर चार कलर अप्सन नम्मा रेड, ब्रेजेन ब्ल्याक, ग्रेस ह्वाइट र एज्योर ब्लू रहेको छ। यस पछि लाइटएक्स र ब्रेजेनएक्स कलर विकल्पमा पनि उपलब्ध गराइनेछ।

सिम्पल डट वान इलेक्ट्रिक स्कुटर सिम्पल वानको प्लेटफर्ममा आधारित एक सबे भेरियन्टको रुपमा ल्याइएको हो। यसको डिजाइन हालको सिम्पल वान स्कुटर जस्तै छ।

डट वानमा ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ८.५ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। जसले ११.४० वीएचपीको अधिकतम पवार र ७२एनएम टर्क उत्पादन गर्न सक्षम छ।

यो स्कुटरले फुल चार्जमा १५१ किलोमिटरको रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ। यसले २.७७ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको स्पीड लिन सक्छ। यसको अधिकतम स्पीड १०५ किलोवाट छ।

सिम्पल डट वानमा सामान राख्नका लागि ३५ लिटरको बुट स्पेस दिइएको छ। यसमा १२ इन्चको ह्वीलसका सथा ट्यूबलेस टायर दिइएको छ। यसमा टचस्क्रीन इन्स्ट्रुमेन्ट क्लस्टर र अन्य फिचर्सलाई अपरेट गर्नका लागि एप कनेक्टिभिटीको सुविधा दिइएको छ।

प्रकाशित: ३० मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...