नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० जारी (पूर्ण पाठसहित)

  • Technology Khabar | ३० मंसिर २०८०, शनिबार
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० जारी (पूर्ण पाठसहित)

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० जारी गरेको छ। नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको माध्यमबाट स्थानीय क्षेत्रमा समावेशी, जलवायु अनुकूलन र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्न, उतपादन र उत्पादकत्व वृद्धि गरी स्थानीय उद्यमशीलता अभिवृद्धि गर्न एवम् रोजगारी र आय वृद्धि गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र तथा सहकारी क्षेत्रलाइृ अधिकतम परिचालन गर्दै स्थानीय आर्थिक समृद्धि हासिल गर्ने काईविधिले लक्ष्य राखेको छ।

कार्यक्रमको उद्देश्य स्थानीय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीय क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन गरी रोजागरी आय वृद्धि गर्नु, नवप्रवर्तनलाई अवलम्बन गरी समावेशी, जलवायु अनुकूलन र दिगो आर्थिक विकास हासिल गर्नु तथा उपलब्ध स्रो साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानी आर्थिक विकासमा परिचालन गर्नु रहेको छ।

नवप्रवर्तनमा आधारित स्थानीय उत्पादन, उद्यमशीलता विकास र रोजगारी वृद्धिको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रमको कार्यक्षेत्र निर्धारण गरिएको छ। कार्यक्रमको कार्यक्षेत्रमा स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तीकरण तथा व्यवसाय विकास, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन र विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण रहेको छ।

Notices-20231206124914234

प्रकाशित: ३० मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार