अपडेटः प्राविधिक समस्या देखिएको नेपाल टेलिकमको वेबसाइट चल्न थाल्यो

  • Technology Khabar | २९ मंसिर २०८०, शुक्रबार
अपडेटः प्राविधिक समस्या देखिएको नेपाल टेलिकमको वेबसाइट चल्न थाल्यो

काठमाडौं ।

अपडेट – केहि समयअघि समस्याग्रस्त देखिएको नेपाल टेलिकमको आधिकारीक वेबसाइट अब सहजरुपमा चल्न थालेको छ। हाल सबै जानकारीहरु हेर्न र वेबसाइट सहजरुपमा चलेको देखिएको छ। तर के कारणले यस्तो समस्या भएको भनेर कम्पनीले कुनै जानकारी दिएको छैन्।

नेपाल टेलिकमको वेबसाइट खुल्न समस्या भएको छ। सरकारी दूरसञ्चार कम्पनीको वेबसाइट हाल खोल्न र कम्पनीले सामाजिक संजालमा शेयर गरेका आफ्नै वेबसाइटका लिंकहरु समेत नखुलेको अवस्थामा भेटिएको छ।

नेपाल टेलिकमले यसबारेमा कुनै पूर्व सूचना नदिएको हुँदा ग्राहकहरुले कम्पनीको वेबसाइट हेर्न समस्या भोगेको गुनासो गरेका छन्।

टेक्नोलोजीखबरले नेपाल टेलिकमको आधिकारीक वेबसाइट खोल्दा भने केहि जानकारी मात्र देखिन्छ।

यस बाहेक केहि लिंकहरुमा भने मर्मतको क्रममा रहेको जानकारी दिएको देखिन्छ।

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...