बकैया गाउँपालिकामा ई हाजिरी लागु

Technology Khabar २९ मंसिर २०८०, शुक्रबार

बकैया गाउँपालिकामा ई हाजिरी लागु
सांकेतिक तस्विर।

काठमाडौं ।

मकवानपुरको बकैया गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई हाजिरी गर्ने प्रणाली सुरु गरेको छ।

बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले ई-हाजिरीबाट कर्मचारी कति बेला उपस्थिति भए, कहिले बिदा भए सबै देख्न सकिने बताए।

“पालिकाभित्र सुशासन र पारदर्शिता कायम गर्न पालिकाको कार्यालय, १२ ओटै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका कर्मचारीका लागि ई हाजिरीको व्यवस्था गरेका छौं” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने।

कर्मचारीले बिदा लिनका लागि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नुपर्ने बाध्यता पनि हटेको छ।

कर्मचारीका लागि छुट्टाछुट्टै पासवर्ड व्यवस्था गरिएको र त्यहाँबाट आफ्नो बिदाको निवेदन पठाउने व्यवस्था मिलाइएको भन्दै पालिका सूचना अधिकारी सन्तोष पाण्डेले आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत सबै यही प्रविधिबाटै गर्न सकिने जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया