Technology Khabar २९ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
ह्वावेले यसअघि चीनमा लन्च गरिएका मेटबुक डी १६ २०२४ ल्यापटपहरू युरोपको लागि ल्याएको छ।
२०२४ ह्वावे मेटबुक डी १६ मा १,९२०x१,२०० पिक्सेलको रिजोल्युसन र ३०० निट्सको ब्राइटनेस लेभल सहितको १६–इन्चको आईपीएस डिस्प्ले रहेको छ। त्यसैगरी स्लिम बेजेल्ससहित डिस्प्लेले प्रभावशाली ९० प्रतिशत स्क्रिन–टु–बडी रेसियो प्राप्त गरेको छ।
केवल १.६८ किलोग्राम तौल रहेको यस ल्यापटपको हल्का तौलको डिजाइनले कडा ड्यूराबिलिटी टेस्टिङ्ग (परीक्षण) सफलतापूर्वक पार गरेको उल्लेख छ। यसको उल्लेखनीय सुविधाहरूमा सुरक्षा बढाउनका लागि भनेर फिङ्गरप्रिन्ट स्क्यानरसँग इम्बेड गरिएको डेडिकेटेड न्युमेरिक किप्याड र पावर बटन समावेश गरिएको छ।
मल्टिमिडिया फ्रन्टमा, मेटबुक डी १६ मा १०८०पी वेबक्याम, डुअल स्पिकर्स र माइक्रोफोनहरू रहेका छन्। ल्यापटपको टचप्याडले सुधारिएको उपयोगिताको लागि फाइभ–पोइन्ट टच समर्थन गर्ने जनाइएको छ।
कनेक्टिभिटीको सन्दर्भमा, ल्यापटपले मेटामेटेरियल एन्टेना बोस्ट गर्दछ भने जसले डाउनलोड स्पिड (गति) बढाउने र कनेक्सन रेन्ज (जडान दायरा( २७० मिटरसम्म विस्तार गर्ने दाबी गर्दछ।
साथै डिभाइसलाई पावर गर्ने १३ औं पुस्ताको इन्टेल कोर प्रोसेसरहरू रहेको र कोर आई९ सम्म रेन्ज गर्ने जनाइएको छ। कोर आई५ भेरियन्टले इन्टेल यूएचडी ग्राफिक्स समावेश गर्दछ भने कोर आई७–१३७००एच र आई९–१३९००एच भेरियन्टमा इन्टेल आईरिस एक्सई जीपीयू फिचर गरिएको छ।
सबैभन्दा लोएस्ट–इन्डको आई५ अप्सन (विकल्प)को कोर आईछ–१२४५०एचसँग आउनेछ।
मेटबुक डी १६ मा १६जीबी र्याम र १टीबी एसएसडी सम्मको स्टोरेजले सुसज्जित रहेको छ। त्यसैगरी ल्यापटपमा रहेको ७०वाट–आवरको ब्याट्री सेलले प्रदर्शनमा सम्झौता नगरी विस्तारित उपयोग सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
मूल्य निर्धारण र उपलब्धता
यूरोपमा, २०२४ मेटबुक डी१६ को बेस कन्फिगरेसनको मूल्य ९९९ यूरो रहेको छ भने जसमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज उपलब्ध हुनेछ। साथै टप–टियर कन्फिगरेसनको मूल्य १,३९९ यूरो रहेको र यसमा १टीबी एसएसडी समावेश रहेकोछ।
यो नयाँ ल्यापटपको उपलब्धता आगामी जनवरी ८ बाट सुरु हुन्छ भने ढुवानी जनवरी २२ बाट सुरु हुनेछ।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार