
काठमाडौं ।
टेलिनोरले पाकिस्तानको टेलिकम युनिट ४९० मिलियन अमेरिकी डलरमा बेच्ने भएको छ। नर्वेको टेलिनोरले बिहीबार आफ्नो पाकिस्तान युनिट राज्य समूह पाकिस्तान टेलिकम्युनिकेसनलाई ५.३ बिलियन नर्वेली क्राउन (४९ करोड अमेरिकी डलर) मा बेच्न सहमत भएको जनाएको रोयटर्सले उल्लेख गरेको छ।
नर्वेजियन समूहले आफ्नो एसियाली व्यवसायको पुनर्संरचना गर्दै स्थानीय मर्जरमार्फत थाइल्यान्ड र मलेसियामा ठूला युनिटहरु निर्माण गर्दै आएको र वर्षको अन्त्यसम्ममा पाकिस्तानी व्यापार सम्पन्न गर्ने निर्णय गर्ने आशा गरेको छ।
‘हामीले पाकिस्तानमा मर्जर गर्ने प्रयास पनि गर्यौं तर हामीले त्यो प्राप्त गर्न सकेनौं, र यस्तो नहुँदा हामीले देखेको दोस्रो–उत्तम विकल्प बिक्रीको व्यवस्था गर्नु थियो,’ टेलिनरका सीईओ सिग्वे ब्रेककेले रोयटर्सलाई भने।
‘यो ठाउँमा संरचना र मूल्य प्राप्त गर्नको लागि एक संयोजन थियो। त्यसैले हामीले हाम्रो शेयरधनीहरुका लागि बिक्री बिक्री राम्रो विकल्प भएको पायौं,’ उनले थपे।
१८ वर्षअघि सुरु भएको टेलिनोर पाकिस्तानसँग साढे ४ करोड प्रयोगकर्ता छन्।
बिहीबार पाकिस्तान टेलिकम्युनिकेसनको शेयर मूल्य ८.३ प्रतिशतले बढेको थियो।
पहिलो नौ महिनामा, टेलिनोर पाकिस्तानले समूहको सेवा राजश्वमा २.६ बिलियन क्राउन र ब्याज, कर, मूल्यह्रास र परिशोधन (ईबीआईटीडीए) अघिको आम्दानीमा १.४ बिलियन क्राउन योगदान गरेको छ।
यो खरिद बिक्रीलाई नियामकले अनुमोदन गर्न बाँकी छ। यो सम्झौता २०२४ सम्पन्न हुने कम्पनीले लक्ष्य राखेको छ।
यस बिक्रीले कम्पनीको २०२३ को वित्तीय क्षेत्रमा खासै प्रभाव नपार्ने अनुमान गरिएको छ।
टेलिनरको बाँकी एसियाली पोर्टफोलियोमा बंगलादेशको ग्रामीणफोन, मलेशियाको सेलकमडिजी र थाइल्याण्डको ट्रु कर्पमा १६० मिलियन ग्राहकहरू सम्मिलित छन्।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार