
काठमाडौं ।
नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात थोरैले बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०÷८१ को कार्तिक मसान्तसम्म १४ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
गत आवको सोही अवधिमा १४ अर्ब १९ करोड ९२ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको कार्तिक मसान्तसम्मको तुलनामा चालु आवमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात १८ करोड ६१ लाख रुपैयाँ आर्थत १.३ प्रतिशतले बढेको छ।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार