पोखराका होटलले अनिवार्य सिसी क्यामरा जडान गर्नुपर्ने

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार
पोखराका होटलले अनिवार्य सिसी क्यामरा जडान गर्नुपर्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

पोखराका होटलले अनिवार्य रूपमा सिसी क्यामरा जडान गर्नुपर्ने भएको छ। वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसायी समितिलगायतको उपस्थितिमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो।

पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामरा जडान गरी पाहुनाको पूर्ण विवरण राख्नुपर्ने निर्णय गरिएको हो।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न व्यवसायीसहित सरोकारवालाको सहभागितामा यस्तो निर्णय गरिएको जानकारी दिए।

अब होटलहरूले होटलपरिसर र काउन्टर स्पष्ट देखिने गरी सिसी क्यामरा जडान गर्नुपर्ने छ। होटल सम्बालकले आफ्नो होटलमा आउने ग्राहकको अभिलेख, आएको र बाहिरिएको समय, सम्भब भएसम्म फोटोसमेत राख्नुपर्ने भएको छ।

होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटलमा बालबालिकालाई कामदारका रूपमा नराख्ने र कर्मचारीको तीनपुस्ते विवरणसहितको अभिलेख राख्नेसमेत निर्णय भएको छ।

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया