दक्षिण कोरियाले ब्याट्री उद्योगलाई ५ वर्षसम्म सहयोग गर्न २९ अर्ब डलर उपलब्ध गराउने

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार
दक्षिण कोरियाले ब्याट्री उद्योगलाई ५ वर्षसम्म सहयोग गर्न २९ अर्ब डलर उपलब्ध गराउने
सांकेतिक तस्विर

काठमाडौं ।

दक्षिण कोरियाले आगामी पाँच वर्षमा आफ्नो ब्याट्री उद्योगलाई बलियो बनाउन ३८ ट्रिलियन वोन (२९ बिलियन डलर) वित्तिय सहयोग उपलब्ध गराउने भएको छ। ब्याट्री आपूर्ति चेनहरू सुरक्षित गर्ने विश्वव्यापी प्रतिस्पर्धा उग्र रहेको समयमा सो सहयोग उपलब्ध गराउन लागिएको दक्षिण कोरिया सरकारले बुधबार भनेको छ।

एलजी इनर्जी सोलुसन, सामसङ एसडीआई र एसके इन्नोभेसनको एकाई एसके अन जस्ता दक्षिण कोरियाली ब्याट्री फर्महरूले सन् २०२२ सम्म चीन बाहेक विश्वव्यापी ब्याट्री बजारको ४९ प्रतिशत सेयर ओगटेको धेरै मन्त्रालयहरूको संयुक्त वक्तव्यमा भनिएको छ।

तर मुख्य सामग्रीका लागि विदेशी देशहरूमा उनीहरूको निर्भरताले विविधतालाई महत्त्वपूर्ण बनाएको बताईएको छ।

देशले खनिज र अन्य ब्याट्री सामग्रीहरूको लागि खानी अधिकार सुरक्षित गर्न र खनिजहरू परिष्कृत र पुन: प्रयोग गर्ने कम्पनीहरूलाई आर्थिक सहयोग सुदृढ गर्न विदेशमा लगानी गर्ने दक्षिण कोरियाली फर्महरूलाई कर प्रोत्साहन र ऋण सहयोगको योजना बनाएको छ।

यसले कोरियाको निर्यात-आयात बैंक जस्ता संस्थाहरूबाट ब्याट्री उद्योग फर्महरूलाई ऋण, ग्यारेन्टी र बीमा जस्ता वित्तीय सहयोग बढाउने योजना पनि बनाएको छ, जसमा यूएस मुद्रास्फीति न्यूनीकरण ऐन अन्तर्गत कर भत्ताका सर्तहरू पूरा गर्न उत्तर अमेरिकामा लगानी गर्नेहरू पनि समावेश छन्।

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार