नेपाल टेलिकमले अतिरिक्त समयमा समेत ग्राहक सेवा केन्द्र खुला गर्ने

Technology Khabar २७ मंसिर २०८०, बुधबार

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकहरुलाई सेवा दिनको लागि अतिरिक्त समयमा पनि ग्राहक सेवा केन्द्र खुला गर्ने भएको छ।

प्रादेशिक निर्देशनालय काठमाडौंकाअनुसार बागमती प्रदेशका दूरसञ्चार कार्यालयहरु सुन्धारा, पाटन र चाबहिलबाट २०८० पुस १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सकिनेछ।

उक्त कार्यालयहरुबाट ग्राहकहरुले पीएसटीएन, एडीएसएल, एफटीटीएच, फोरजी राउटर, जीएसएमको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन सम्बन्धी कार्य गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

उक्त ग्राहक सेवा केन्द्रहरू पुस १ गतेदेखि नियमित कार्यालय समय तथा अतिरिक्त समयमा समेत खुला रहने र ग्राहकले सेवा लिन सक्ने जनाएको छ।

सूचनाअनुसार काउन्टर खुल्ने अवधि आइतबारदेखि शुक्रबारसम्म बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा पाईनेछ।

यस बाहेक सुन्धारा काउन्टरबाट शनिबार तथा सार्वजनिक बिदाका दिनहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिने जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया