आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्न ‘वैदिक अनुसन्धान गुठी’

  • Technology Khabar | २७ मंसिर २०८०, बुधबार
आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्न ‘वैदिक अनुसन्धान गुठी’

काठमाडौं ।

‘वैदिक अनुसन्धान गुठी (वाग्)’ ले वैदिक वाङ्मयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई) को अध्ययन अनुसन्धान गर्ने भएको छ।

एआईमा काम गर्न तथ्याङ्क सङ्कलन भइरहेको गुठीका संस्थापक डा स्वामी केशवानन्दले जानकारी दिए। गुठीको स्थापना एआईमा काम गर्ने उद्देश्यले गरिएको हो । बैदिक वाङ्मयलाई डेटामा हालेर एआईमा लैजान सके पढ्न पढाउन सहज हुने उनले बताए।

गुठीको उद्देश्य बैदिक वाङ्मयको अध्ययन अनुसन्धान गर्नु हो ।

“नेपालमा बैदिक क्षेत्रमा यस्ता अनुसन्धानमूलक संस्था छैनन्, सूचना प्रविधि (आईटी) क्षेत्रसँग साझेदारी गरेर एकीकृतरूपमा त्यस्तो काम गर्ने हाम्रो लक्ष्य छ, यसका लागि विस्तृत योजना बनाइरहेका छौँ”, उनले भने।

संस्कृत पढेका विद्यार्थी र आईटी पढिरहेका विद्यार्थीलाई अनुसन्धान जनशक्तिका रुपमा खटाइने गुठीले जनाएको छ । यसका लागि विभिन्न विश्वविद्यालयसँग समझदारी गरिने छ। रासस

प्रकाशित: २७ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...