
काठमाडौं ।
काइनेटिक ग्रिनले नयाँ जुलु इलेक्ट्रिक स्कुटर भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले मुम्बईमा एक कार्यक्रम मार्फत जुलु इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। जुलु इलेक्ट्रिक स्कुटरको मूल्य ९४ हजार ९९० भारु (एक्स शोरुम) तोकिएको छ।
जुलु इलेक्ट्रिक स्कुटरको पूर्ण रुपमा भारतमा निर्माण गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। नयाँ स्कुटरमा विभिन्न अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ। इलेक्ट्रिक स्कुटर पिक्सेल ह्वाइट, इन्स्टा ओरेन्ज, यूट्यूब रेड, ब्ल्याक एक्स, एइफबी ब्लू र क्लाउड ग्रे कलर अप्सनमा उपलब्ध छ।
भारतको सरकारको फेम–दुई सब्सिडी अनुसार यस स्कुटरको सुरुवाती मूल्य ९४ हजार ९९० भारु तोकिएको हो। यो स्कुटर काइनेटिक ग्रिन शोरुम मार्फत भारतभर उपलब्ध गराइएको छ।
काइनेटिक ग्रिनले जुलु इलेक्ट्रिक स्कुटरको माध्यमबाट ‘केजी एनर्ज–जी’ नामको एक अत्याधुनिक ब्याट्री प्लेटर्फम पेश गरेको छ। यस प्लेटफर्ममा बनेको जुलु स्कुटरमा आयल–कूल्ड एक्टिभ इमर्सन कूलिङ प्रविधि पाइन्छ। यसबाट ब्याट्रीको तापक्रमलाई सँधै सन्तुलन राख्न सकिन्छ।
यो स्कुटर ३० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ। यस इलेक्ट्रिक स्कुटरको ब्याट्री लाइफ १ लाख २० हजार किलोमिटरभन्दा धेरै छ।
नयाँ जुलु इलेक्ट्रिक स्कुटरमा स्मार्ट पीएमएस इलेक्ट्रिक मोटर छ। इलेक्ट्रिक मोटर २.२७ किलोवाट आवर लिथियम आयरन ब्याट्रीद्वारा सञ्चालित हुन्छ। एआई आधारित प्रणालीबाट सुसज्जित ब्याट्रीले फुल चार्जमा १०४ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यसका अधिकतम स्पीड ९० किलोमिटर प्रति घण्टा छ।
नयाँ काइनेटिक जुल इलेक्ट्रिक स्कुटरमा डिस्क ब्रेक, अन्डर सीट स्टोरेज, एलईडी डीआरएल, डिजिटल स्पीडोमिटर, ब्याग राख्नका लागि फ्रन्ट हुक, अटो पावर कट चार्जर, मोबाइल फोन चार्जिङ लगायत फिचर्स दिइएको छ।
प्रकाशित: २७ मंसिर २०८०, बुधबार