एप्पलले भियतनाममा नयाँ आईप्याड उत्पादन गर्ने

  • Technology Khabar | २६ मंसिर २०८०, मंगलवार
एप्पलले भियतनाममा नयाँ आईप्याड उत्पादन गर्ने

काठमाडौं ।

एप्पलले भियतनाममा आफ्नो आईप्याड उत्पादन बढाएर कम्पनीको ग्लोबल म्यानुफ्याक्चरिङ्ग रणनीतिमा प्रमुख खेलाडी बनाउन लागेको छ। साथै यो परिवर्तनले उत्पादन केन्द्रको रूपमा रहेको चीनको विकल्प खोज्न र विश्वव्यापी राजनीतिमा अनिश्चितताहरू समाधान गर्नका लागि एप्पलको प्रयासलाई संकेत गरेको छ।

चिनियाँ कम्पनी बीवाईडीसँग मिलेर एप्पलले सन् २०२२ मा आईप्याड एसेम्बली भियतनाममा सार्न थालेको थियो। अब, एप्पलले पहिलो पटक भियतनाममा न्यू प्रोडक्ट इन्ट्रोडक्सन (एनपीआई) रिसोर्सेस पठाएर यसलाई एक कदम अगाडि बढाउन लागेको जनाइएको छ।

एनपीआई नयाँ उत्पादनहरू डिजाइन र विकास गर्न साझेदारहरूसँग मिलेर नजिकबाट काम गर्ने गरेको र जसले गर्दा एप्पलले भियतनामलाई भरपर्दो र सक्षम साझेदारको रूपमा हेरेको उल्लेख छ।

अर्को वर्षको दोस्रो भागमा रिलिज गर्ने योजनाको साथ एप्पलले भियतनाममा फेब्रुअरीको मध्यतिर नयाँ आईप्याड मोडलको परीक्षण सुरु गर्नेछ। त्यसैगरी एप्पलको फोकस हाई–इन्ड आईप्याड प्रोमा नभएर एन्ट्री–लेभल आईप्याड मोडलहरूमा रहेको र तसर्थ यसको निर्माण रणनीतिलाई विविधीकरण गर्ने प्रयासलाई प्रदर्शन गरेको छ।

भूराजनीतिक तनावको चिन्ताहरूले गर्दा एप्पललाई चीनमा आफ्नो निर्भरता कम गर्न दबाब परेको र केही आईफोन एनपीआई प्रक्रियाहरू भारतमा पनि सार्ने योजना रहेको जनाइएको छ।

विभिन्न एप्पल उत्पादनहरूको लागि महत्त्वपूर्ण म्यानुफ्याक्चरिङ्ग हब (उत्पादन केन्द्र) को रूपमा विकसित भएर भियतनाम एप्पलको आपूर्ति शृङ्खलाको एक महत्त्वपूर्ण भाग बनिरहेको छ।

विज्ञहरूले भियतनामको अनुकूल उत्पादन अवस्था र थप क्षमता निर्माणमा लगानी गर्ने उत्सुकतालाई ध्यानमा राख्दै अर्को ठूलो विश्वव्यापी उत्पादन केन्द्रहरू मध्ये एक हुनसक्ने भविष्यवाणी गरेका छन्।

अमेरिका र चीनबीचको तनावको बावजुद, एप्पलले अझै पनि आफ्नो म्यानुफ्याक्चरिङ्ग सिफ्ट (उत्पादन परिवर्तन) मा चिनियाँ आपूर्तिकर्ताहरूसँग नजिकबाट काम गरिरहेको छ।

प्रकाशित: २६ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार