काठमाडौं ।
साउथ एशियनको प्रतिनिधित्व गर्ने मंगोलियन टिम आईएचसी ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२३ को विजेता बन्न सफल भएको छ। तीन दिनको ग्राण्ड फाइनलमा उत्कृष्ट तथा आक्रमक प्रर्दशन गर्दै आइएचसी ईस्पोर्ट्स पीएमजीसीको च्याम्पियन बनेको हो।
कुल १४२ अंक सहित आईएचसी पीएमजीसीको चौथो संकरण आफ्नो नाममा ल्याउन सफल भएको हो। आईएचसीले एक चिकन डिनर सहित ११० इलिमिनेसन प्लाइन र ३२ प्लेसमेन्ट प्वाइन्ट प्राप्त गरेको छ। उपाधीसँगै आईएचसीले ४ लाख ५३ हजार ५०० अमेरिकी डलर पनि प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी आईएचसीका जोय बनेका छन् उनले ३७ किल र विपक्षीलाई ७ हजार ६१६ ड्यामेज दिएका थिए।
चार अंकले पछि पर्दै मंगोलियाको अर्को टोली स्टलवार्ट ईस्पोर्ट्स दोस्रो भएको थियो। फाइलनमा सर्वाधिक तीन चिकन डिनर लिन सफल स्टलवार्ट अन्तिम खेलमा चुक्ता उपाधीबाट बिमुख बनेको हो। स्टलवार्टको कुल १३८ प्लाइन्ट मध्ये ५५ प्लेसमेन्ट र ८३ इलिमिनेसनबाट आएको थियो। दोस्रो भएको स्टलवार्टले २ लाख ६३ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
ब्राजिलियन अल्फा७ ईस्पोर्ट्स तेस्रो भएको छ। अल्फा७ले १३१ प्वाइन्ट प्राप्त गरेकोमा ७७ प्वाइन्ट इलिमिनेसनबाट आएको थियो। अल्फा७ २०२२ को पीएमजीसीमा पनि तेस्रो भएको थियो। यस पटक अल्फा७ले १ लाख ८४ हजार अमेरिकी डलर जितेको छ।
चौथो स्थानमा अर्को मंगोलियन टिम ४मिराकल भाइब्स रहन सफल भएको छ। १२७ प्वाइन्ट प्राप्त गरेको ४मिराकल भाइब्सले ८४ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको थियो। ४मिराकल भाइब्सले १ लाख ४४ हजार अमेरिकी डलर जितेको छ।
पीएमजीसी २०२३ गत २ नोभेम्बरदेखि सुरु भएको थियो। यस प्रतियोगितामा नेपाली टिम डीआरएस गेमिङको पनि सहभागिता रहेको थियो। तर नेपाली टिम ग्रुप स्टेजबाटै बाहिरिन पुगेको थियो। समग्रमा ५० टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ४७ औं स्थानमा रहँदै डीआरएस गेमिङ लाख २० हजार ५०० अमेरिकी डलर प्राप्त गरेको थियो। गत सिजनको पीएमजीसीमा डीआरएस गेमिङ दोस्रो भएको थियो। यस सिजनको पीएमजीसीमा सिँधै छनोन हुन नसके पनि गत वर्षको प्रदर्शनको आधारमा डीआरएसले प्रतियोगितामा खेल्ने मौका दिइएको थियो।
प्रकाशित: २५ मंसिर २०८०, सोमबार