ह्वावे मेटप्याड प्रो १३.२ विश्व बजारमा मंगलबार आउँदै

  • Technology Khabar | २५ मंसिर २०८०, सोमबार
ह्वावे मेटप्याड प्रो १३.२ विश्व बजारमा मंगलबार आउँदै

काठमाडौं ।

ह्वावेले विश्वव्यापी बजारको लागि डिसेम्बर १२ तारिखमा दुबईमा लन्च कार्यक्रम आयोजना गर्दैछ। साथै यस हप्ताको सुरुवातमा ब्रान्डले सो कार्यक्रममा ‘मेटप्याड प्रो११’ वा ‘मेटप्याड प्रो १३.२’ मध्ये एउटा ट्याब्लेट लन्च गर्दैछ भनेर टिज पनि गरेको थियो।

यद्यपी कार्यक्रममा ‘मेटप्याड प्रो११’ वा ‘मेटप्याड प्रो १३.२’ मध्ये कुन ट्याब्लेट लन्च गरिँदैछ भनेर कम्पनीले स्पस्ट रुपमा बताएको छैन्। तर हालैको एक नयाँ टिजरले उक्त कार्यक्रममार्फत ‘मेटप्याड प्रो १३.२’ लन्च हुनेछ भनेर पुष्टि गरेको छ।

चीनमा मेटप्याड प्रो १३.२ लाई एक्सक्लुसिभ (विशेष) रूपमा गत सेप्टेम्बर महिना लन्च गरिएको थियो। ब्रान्डको प्रिमियम अफरिङ्गको रुपमा रहेको यो १३.२ इन्च ट्याब्लेट चीनमा १६ जीबी र्याम र १ टीबी स्टोरेजमा उपलब्ध भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

ह्वावे मेटप्याड प्रो १३.२ मा २८८० x १९२० पिक्सेल रिजोल्युसन, पी३ कलर गामुट र १,०००,०००ः१ को कन्ट्रास्ट रेसियोको साथ १३.२ इन्चको फ्लेक्सिबल ओएलईडी प्यानल रहेको छ।

साथै यस ट्याब्लेटमा किरिन ९०००एस चिपसेट समावेश गरिएको र यसले १६ जीबी सम्मको र्याम र प्रभावशाली १ टीबी इन्टर्नल (आन्तरिक) स्टोरेज प्रदान गर्ने जनाइएको छ। मेटप्याड प्रो १३.२ मा रहेको ठुलो १०,१००एमएएच ब्याट्रीले ४० मिनेट भित्र ८५ प्रतिशत चार्जका साथै मात्र ६५ मिनेटमा पूर्ण चार्ज गरी ८८वाट द्रुत चार्जिङलाई समर्थन गर्नेछ।

क्यामरा सेटअपतर्फ १६ मेगापिक्सेलको फ्रन्ट (अगाडिको) क्यामरालाई टीओएफओ सेन्सरसँग पेयर्ड गरिएको छ भने रियर (पछाडि) क्यामरामा १३ मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामरा सेटअप रहको जनाइएको छ।

कनेक्टिभिटी अप्सन्समा ब्लुटुथ ५.२, एएसी र एलडीएसी कोडेक्स समावेश गरिएका छन्। हार्मनी ओएस ४ मा अपरेटिङ हुने ट्याब्लेट थर्ड–जेन एम–पेनसँग आउने र स्टारलाइट टेक्नोलोजी प्रयोग गर्ने जनाइएको छ।

त्यसैगरी ट्याब्लेट बाहेक, ब्रान्डले नयाँ ओपन–स्टाइल हेडफोनहरू पनि अनावरण गर्न सक्ने र जुन सन् २०२३ अघि नै लन्च हुने रिपोर्ट गरिएको छ।

प्रकाशित: २५ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...