एआई फिचर समावेश गर्न आईफोन १६ सिरीजमा अपग्रेडेड माइक्रोफोन राखिने

  • Technology Khabar | २५ मंसिर २०८०, सोमबार

काठमाडौं ।

एप्पलले नयाँ पुस्ताको आईफोन १६ सिरीजमा आईओएस १८ लोडेड सफ्टवेयर र एआई फिचर्समा काम गरिरहेको यस अघि एक रिपोर्टमा भनिएको थियो। चर्चित एप्पल विश्लेषक मिंग–ची कुओको पछिल्लो जानकारीले यस अघिको उक्त रिपोर्टलाई पुष्टि गरेको छ।

अर्को वर्षको आईफोन १६ लाईनअपले महत्त्वपूर्ण रूपमा अपग्रेड गरिएको माइक्रोफोन प्याक गर्ने भनिएको छ। क्यूपर्टिनोमा आधारित टेक जायन्ट जेनेरेटिभ एआई स्पेसमा पछाडि परेको हुँदा यसले गुगल र ओपनएआईसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

आईफोन १६ मा अपग्रेड गरिएका माइक्रोफोन हुने

सिरीको हार्डवेयर र सफ्टवेयरका फिचर्स र स्पेसिफिकेसनहरूलाई सुदृढ पार्नु नै एआई–जेनेरेटेड कन्टेन्ट (उत्पन्न सामग्री) लाई बढावा दिने कारक बन्ने कुओले एक मिडियम पोस्टमा बताएका छन्। यसको अर्थ अर्को पुस्ताको आईफोन १६ लाईनअपका सबै मोडलहरूमा सिरीका साथै अन्य एआई फङ्गसन (कार्य) हरू ट्रिगर गर्नको लागि भनेर राम्रो आवाज र बोली एकीकरण (बेटर भ्वाइस एण्ड स्पिच इन्टिग्रेसन) को लागि अपग्रेड गरिएको माइक्रोफोनहरू समावेश गरिनेछन्।

माइक्रोफोनको प्रमुख स्तरवृद्धिले महत्त्वपूर्ण रूपमा सुधारिएको सिरी अनुभवको लागि राम्रो सिग्नल–टु–नोईज रेसियो प्रदान गर्ने जनाइएको छ। साथै यसमा राम्रो वाटर रेसिस्टेन्स (पानी प्रतिरोध) पनि रहने छ।

त्यसैगरी एप्पलको जेनेरेटिभ एआई महत्वाकांक्षा र लार्ज–ल्याङ्गवेज (ठूला–भाषा) मोडलहरू भ्वाइस इनपुट प्रोसेसिङ्गमा धेरै नै निर्भर हुने प्रतिवेदनले संकेत गरेको छ। साथै कम्पनीले सिरीमा थप एआई फिचरहरू पनि समावेश गर्ने लक्ष्य राखेको जनाइएको छ। जेनेरेटिभ एआई र एलएलएमलाई एकीकृत गर्नको लागि सन् २०२३ को तेस्रो त्रैमासिकमा एप्पलले आफ्नो सिरी टोलीलाई पुनर्गठन गरेको कुओले थप खुलासा गरेका छन्।

यद्यपी आईफोन १६ सिरीजमा रहने अपग्रेड गरिएका माइक्रोफोनहरू एप्पलको लागि निकै महँगो मामिला भएको जनाइएको छ। आईफोन १६ को माइक्रोफोनहरूको एएसपी आईफोन १५ को भन्दा १००–१५० प्रतिशत बढी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार