
काठमाडौं ।
नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका आफ्ना सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको छ।
एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्।
नेपाल टेलिकमले मंसिर २५ गते भोलीदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहनुभएका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने बताईएको छ।
टेलिकमकाअनुसार एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८०, आईतवार