
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षपनि नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले यसको लागि निश्चित मापदण्ड तोकेर नवप्रवर्तनकारी उद्यमीहरुसँग प्रस्ताव आव्हान गरेको छ।
मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रमअनुसार सूचना प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविष्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान, सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० बमोजिम पुरस्कृत गर्ने सार्वजनिक सूचनामा भनिएको छ।
यसको लागि योग्यता पुगेका ईच्छुक उद्यमीले सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र आफ्नो प्रस्ताव पेश गर्न भनिएको छ। सूचनाअनुसार मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखामा आफ्नो प्रस्ताव पठाउनुपर्ने छ।
छनोटबाट पुरस्कृत हुने उद्यमीलाई प्रमाणपत्र र नगदले सम्मान गर्ने छ भने यसअघि पुरस्कृत भईसकेकालाई समाभागी नगराईने मन्त्रालयले जनाएको छ।
यस्तो छ प्रकृया र मापदण्ड हेर्नुस्-
Standers related to Awarding for Innovative Entrepreneurs, 2080प्रकाशित: २४ मंसिर २०८०, आईतवार