असुस रोग फोन ८ सिरिज २०२४ को सुरुवातमा लन्च हुने

  • Technology Khabar | २४ मंसिर २०८०, आईतवार
असुस रोग फोन ८ सिरिज २०२४ को सुरुवातमा लन्च हुने

काठमाडौं ।

असुुस रोगले आफ्नो लाइनअपमा आठौं सिरिजको फोन लन्च गर्ने तयारी गरिरहेको छ। यस्तोमा कम्पनीले आफ्नो आठौं सिरिजको फोनको आधिकारिक टिजर प्रस्तुत गरेको छ।

रोग फोन ८ मा पेन्टागन आकारको क्यामरा आइल्याण्ड सहित तीन क्यामरा सेन्सर र एलईडी फ्ल्यास सहितको नयाँ ब्याक डिजाइन छ। आगामी फोनमा गत वर्षको रोग ७ सिरिज जस्तै साइड–माउन्ट गरिएको यूएसबी–सी पोर्ट पनि देख्न सकिन्छ।

गिगबेन्चको लीक अनुसार रोग फोन ८ मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र २४ जीबी र्याममा उपलब्ध हुनेछ। फोनले चीनको ३सी एजेन्सीबाट ६५ वाट चार्जिङको लागि प्रमाणीकरण पनि प्राप्त गरेको छ।

रोग फोन ८ सिरिज भेनिला फोन ८ मोडल र फोन ८ प्रोमा २०२४ को सुरुवातमा लन्च हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार