श्रम स्वीकृति अनलाइनबाट लिन आग्रह

  • Technology Khabar | २३ मंसिर २०८०, शनिबार
श्रम स्वीकृति अनलाइनबाट लिन आग्रह

काठमाडौं ।

वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन आग्रह गरेको छ। श्रम स्वीकृतिको काम पूर्ण रूपमा अनलाइनमार्फत हुँदै आएको भन्दै विभागले अनलाइनमार्फत नै लिन अनुरोध गरेको हो।

विभागले सूचना सार्वजनिक गर्दै श्रम स्वीकृति नभई हवाई टिकट नलिनसमेत आग्रह गरेको छ।

वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको भन्दै विभागले कार्यालयमा भौतिक रूपमा उपस्थित नहुन भनेको हो ।

केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो।

अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतीले सेवाग्राहीलाई कार्यालयमा आएर भिडभाड गर्नुभन्दा अनलाइनबाटै श्रम स्वीकृति लिन आग्रह गरे। गोरखापत्रबाट

प्रकाशित: २३ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार