नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आईफोनमा उपलब्ध

  • Technology Khabar | २३ मंसिर २०८०, शनिबार
नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आईफोनमा उपलब्ध

काठमाडौं ।

नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ।

आईफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए।

यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो।

टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटो भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको बताईएको छ।

आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताउँछन् ।

“आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ। उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,” उनले भने।

रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए।

पछिल्ला दिनमा एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ। एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ। एपमा अहिले डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए।

यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार