नयाँ एआई चिप घोषणा गरेसँगै एएमडीको शेयर मूल्य उच्च अंकले बढ्यो

  • Technology Khabar | २२ मंसिर २०८०, शुक्रबार
नयाँ एआई चिप घोषणा गरेसँगै एएमडीको शेयर मूल्य उच्च अंकले बढ्यो

काठमाडौं ।

कम्पनीले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपसेट जारी गरेसँगै एएमडीका शेयरहरू बिहीबार ९.९ प्रतिशतले बढेको छ। यो मूल्य, स्टकको मे पछिको सबैभन्दा राम्रो दिन र जुन पछिको उच्चतम बिन्दू हो।

यो वृद्धि नयाँ कृत्रिम बुद्धिमत्ता चिपहरू लन्च गरेको एक दिन पछि आयो जुन एआई अनुप्रयोगहरूलाई शक्ति दिन एनभीडीयाको चीपका विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

बुधबार, एमएमडी सीईओ लिसा सुले पहिले घोषणा गरिएको इन्स्टिक्ट एमआई ३०० एक्स (Instinct MI300X), एआई उन्मुख सर्भरहरूको लागि डिजाइन गरिएको ठूलो ग्राफिक्स प्रोसेसरको बारेमा छलफल गरिन भने माइक्रोसफ्ट र मेटाले चिप प्रयोग गर्न प्रतिबद्ध रहेको बताईन्।

एनभिडियाले गत वर्षदेखि एआई चिप बजारमा प्रभुत्व जमाएको छ, तर क्लाउड प्रदायकहरू र प्रविधि कम्पनीहरूले लागत बचत गर्न र लचिलोपन प्रदान गर्न विकल्प खोजिरहेका छन्।

चिपमेकर एएमडीले एनभीडीयाबाट एआई चिप बजारको एक हिस्सा लिन सक्ने संभावना रहेको छ, यद्यपि कम्पनीले २०२४ मा एआई जीपीयू बिक्रीमा २ अर्ब डलरको मात्र प्रक्षेपण गरेको छ।

एमएमडीको नयाँ हाइ इण्ड चिप अर्को वर्ष महत्त्वपूर्ण मात्रामा ढुवानी सुरु हुन्छ।

कम्पनीको विश्वास छ कि एआई चिप्सको कुल बजार आगामी चार वर्षमा ४०० बिलियन डलरमा पुग्न सक्छ, जुन कम्पनीले पहिले विश्वास गरेको भन्दा दोब्बर उच्च भएको सीईओ सुले लन्च कार्यक्रममा भनिन्।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २२ मंसिर २०८०, शुक्रबार