काठमाडौं ।
धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित भारती माध्यमिक विद्यालयमा एक दम्पतीले सिसिटिभी क्यामरा जडान गरिदिएका छन्।
समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीय चन्द्रकलाले एक लाख ५० हजार खर्चेर विद्यालयमा १६ ओटा सिसिटिभी क्यामरा जडान गरिदिएका हुन।
सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहनु भएका राईले विद्यालयको शैक्षिक र प्रशासनिक गतिविधि निगरानी गरेर थप व्यवस्थित गर्न सहयोग पुर्याउने उद्देश्यले सिसिटिभी क्यामरा प्रदान गरेको वृद्ध राईले बताए।
कार्यक्रममा वडाध्यक्ष हरिबहादुर खत्री र विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले सहयोग गर्ने वृद्ध दम्पतीलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। गोरखापत्रबाट
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार