अण्डर डिस्प्ले क्यामरा भएको पहिलो आईफोन सन् २०२६ पछि लन्च हुनसक्ने

  • Technology Khabar | २२ मंसिर २०८०, शुक्रबार
अण्डर डिस्प्ले क्यामरा भएको पहिलो आईफोन सन् २०२६ पछि लन्च हुनसक्ने

काठमाडौं ।

आफ्नो आईफोन प्रो मोडलहरूको पछिल्ला दुई पुनरावृत्तिहरूमा डायनामिक आइल्याण्ड पिल–सेप्ड (आकार) कटआउटमा भर परेको एप्पलको दीर्घकालीन लक्ष्य भने कुनै पनि फिजीकल (भौतिक) डिस्प्ले कटआउट्स बिनाको “अल–स्क्रिन” आईफोनमा परिवर्तन गर्ने रहेको छ।

कोरियाली समाचार आउटलेट द इलेक को पछिल्लो रिपोर्टले सुझाव दिएअनुसार ‘अन्डर डिस्प्ले क्यामरा’ (यूडीसी) भएको पहिलो आईफोन सन् २०२६ पछि मात्र लन्च हुने अपेक्षा गरिएको छ।

एलजी इन्नोटेक अब कम्पनीको स्वामित्वको फ्रिफर्म अप्टिक लेन्स सिस्टम फिचर गर्ने आफ्नो यूडी क्यामराहरूको “उन्नत विकास” मा रहेको उल्लेख छ। यो नयाँ विकासले राम्रो छवि गुणस्तरको लागि अप्टिमल लाईट (प्रकाश) पास थ्रु सुनिश्चित गर्नेछ, जुन यूडी क्यामराहरूमा हालको बोटलनेक्स (अवरोधहरू) मध्ये एक भएको उल्लेख छ।

एप्पलले कथित रूपमा आफ्ना आपूर्तिकर्ताहरूबाट यूडीसी नमूनाहरू प्राप्त गरेको तर त्यसबाट खासै सन्तुष्ट भने नभएको बताईएको छ।

डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्स (डीएससीसी) को सीईओको रूपमा सेवा गरिरहेका रस योङ्गले उल्लेख गरेअनुसार एप्पलले आफ्नो प्रो सीरीज आईफोनहरूमा सन् २०२५ सम्ममा यूडी फेस आईडी सेन्सरमा परिवर्तन गर्ने अपेक्षा गरिएको छ भने यूडी क्यामरा र फेस आईडी भएको पहिलो अल–स्क्रिन आईफोनहरू रूपमा सन् २०२७ मा लन्च हुने तालिका रहेको छ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार