काठमाडौं ।
वनप्लसले मंगलबार आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर फ्ल्यागशिप स्मार्टफोन अनावरण गरेको छ। वनप्लस १२ नामक यस फोनले आफ्नो पूर्ववर्ती वनप्लस ११ र वनप्लस १० प्रो हरुले जस्तै चीनमा विश्वव्यापी रूपमा डेब्यू गरेको छ।
ब्रान्डको यो नवीनतम उत्पादन हाल सम्मकै सबैभन्दा राम्रो स्ल्याब–स्टाइल स्मार्टफोन भएको जनाइएको छ। यस स्मार्टफोनमा प्रिमियम फोनबाट अपेक्षा गर्ने सकिने सबै हाई–इन्ड फिचर्स रहेको छन्।
यस नयाँ डिभाइससँगै ब्रान्डले आफ्नो अघिल्लो ह्यान्डसेटहरूमा रहेका त्रुटिहरू समाधान गर्ने प्रयास पनि गरेको छ। उदाहरणका लागि, वनप्लस १२ ले वायरलेस चार्जिङ र फास्टर यूएसबी पोर्ट फिर्ता ल्याएको छ। साथै स्मार्टफोनमा अपग्रेड गरिएको क्यामरा सिस्टम पनि समावेश गरिएको छ।
वनप्लस १२ स्पेसिफिकेसन्स
वनप्लस १२ ले वनप्लस ११ को डिजाइन कायम राखेको छ। यद्यपि, त्यहाँ केही ससाना भिन्नताहरू रहेका छन्। साथै यसको बीचमा मेटल फ्रेमसहितको ग्लास स्यान्डबिच कन्ट्रक्सन रहेको र स्प्ल्याश रेजिस्टेन्सको लागि आईपी६५–रेटेड (मूल्याङ्कन) गरिएको छ।
यो डिभाइसमा एलपीडीडीआर५ एक्स र्याम र यूएफएएस ४.० स्टोरेजसँग पेयर्ड गरिएको क्वालकम स्न्यापड्रागन ८ जेन ३ चिपसेट समावेस गरिएको छ। साथै यसमा रहेको ९१४० एमएम² भीसी (भ्यापर चेम्बर) कुलिङ सिस्टमले ३८,५४७ एमएम² को क्षेत्रफल कभर गर्ने उल्लेख गरिएको छ।
वनप्लस १२ फोनमा बीओईले आपूर्ति गरेको ६.८२ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले रहेको छ। यसको सेन्टर्ड पंच–होल प्यानलले ३१६८x१४४० पिक्सेल्स (क्यूएचडी प्लस), ५१० पीपीआई र १–१२० हर्ज रिफ्रेस रेट (एलटीपीओ) को रिजोल्युसन प्रदान गर्दछ। साथै १० बिट स्क्रिनले ४५०० निट्सको लोकल पिक ब्राइटनेस लेभल र २१६० हर्ज पीडब्ल्यूएम डिमिङ समर्थन गर्दछ।
यसबाहेक, स्मार्टफोनमा वनप्लस ओपनको जस्तै क्यामरा सेटअप रहेको छ। यसमा ओआईएससहितको ५० मेगापिक्सेलको सोनी एलवाईटी ८०८ प्राईमरी सेन्सर, ओआईएससहितको ३ एक्स पेरिस्कोप जुम लेन्स सहितको ६४ मेगापिक्सेलको ओम्नीभिजन ओभी ६४ बी सेन्सर र अटोफोकस सहितको ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८१ अल्ट्रावाइड युनिट समावेश गरिएको छ।
त्यसैगरी स्मार्टफोनको अगाडि, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने सबै क्यामराहरूले ह्यासलब्लाड–इन्सपार्यड ईमेज प्रोसेसिङ्ग गर्ने उल्लेख छ।
त्यसैगरी ह्यान्डसेटमा कनेक्टिभिटीका लागि डुअल सिम, फाइभजी, वाईफाई ७, ब्लुटुथ ५.४, जीएनएसएस, एनएफसी र यूएसबी ३.२ जेन १ समावेश गरिएका छन्। यसमा अलर्ट स्लाइडर, आईआर ब्लास्टर, एक्स–एक्सिस लिनियर भाइब्रेसन मोटर र डुअल स्टेरियो स्पिकर्स पनि रहेका छन्।
सफ्टवेयरको सन्दर्भमा, यो नयाँ डिभाइस एन्ड्रोइड १४ मा आधारित कलरओएस १४ को साथ ढुवानी हुने उल्लेख गरिएको छ। साथै यसमा ५,४०० एमएएच ब्याट्री रहेको तथा १०० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङ (१० वाट रिभर्स वायरलेस ) लाई समर्थन गर्ने जनाइएको छ।
वनप्लस १२ को मूल्य
वनप्लस १२ को चीनमा निम्न मूल्य ट्यागहरू रहेका छन्।
वनप्लस १२ रक ब्ल्याक, पेल ग्रिन (फिक्का हरियो) र ह्वाइट (सेतो) कलर अप्सन्स (रङ्ग विकल्पहरू) मा प्राप्त गर्न सकिने उल्लेख छ।
साथै डिसेम्बर ५ देखि प्रि–अर्डरको लागि उपलब्ध भएको यो वनप्लस १२ डिसेम्बर ११ बाट बिक्रीमा जाने उल्लेख गरिएको छ। यो फोन नेपालसहित अन्य बजारहरुमा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने जानकारी छैन्।
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार