ह्वावेको प्रोडक्ट लन्चको तालिका डिसेम्बर १२ मा, मेटप्याड आउने संभावना

  • Technology Khabar | २२ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

ह्वावेले नयाँ डिभाइसहरुको घोषणा कार्यक्रम डिसेम्बर १२ का लागि तय गरेको छ। सोशल मिडिया टिजरहरूमा देखा परेअनुसार इनोभेटिभ प्रोडक्ट लन्च – क्रियसन अफ ब्यूटी नाम रहेको ह्वावेको उक्त कार्यक्रममा मेटप्याड प्रो १३.२ र मेटप्याड प्रो ११ (२०२४) मा कुनै एक वा दुवै मेटप्याड पनि प्रस्तुत गर्न सकिने सम्भावना रहेको छ।

त्यसैगरी टिजरको टप राइट कर्नर (शीर्ष दायाँ कुना) मा केहि असामान्य एक्सेसरिज पनि देखा परेको र जुन कुनै इयरफोन वा हार्मोनी ओएससँगको अर्को स्मार्ट ग्याजेट पनि हुनसक्ने उल्लेख छ।

रिपोर्टअनुसार मेटप्याड प्रो १३.२ ले नोच्ड डिस्प्ले, किरिन ९०००एस चिपसेट र १०,१०० एमएएच ब्याट्रीको साथ सेप्टेम्बरमा डेब्यु गरेको थियो। त्यसको दुई महिना पछि, ११–इन्चको मेटप्याडलाई उही एसओसीका साथमा प्रस्तुत गरिएको थियो भने डिजाइन र डायमेन्सहरू सहित बाँकी स्पेक्स मेटप्याड प्रो ११ (२०२२) को जस्तै रहेको छ।

दुबै ट्याब्लेटको स्क्रिनमा पातलो बेजल्स र समान भिजुअलाइजेसन भएकाले कुन डिभाइस लन्च हुनेछ भन्ने स्पष्ट छैन्।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया