Technology Khabar २१ मंसिर २०८०, बिहीबार
काठमाडौं ।
उच्च अदालत पाटनले निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको सेयर बिक्री नगर्नु नगराउन भन्दै कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
गोकुल बहादुर रोकायाले एनसेलको खरिद बिक्री रोकिपाउँ भनि उच्च अदालतमा उत्प्रेषण आदेश माग गर्दै रिट दायर गरेका थिए। सोही मुद्दामा सुनुवाई गर्दै अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयलाई खरिद विक्री भएका एनसेलका शेयरहरु दर्ता कितावमा दर्ता नगर्नु नगराउनु भनी २५ गतेसम्मका लागि अल्पकालिन आदेशजारी गरेको हो।
उच्च अदालतले दुवै पक्षलाई मंसिर २५ गते आदेशलाई निरन्तरता दिनुपर्ने नपर्ने सम्बन्धमा छलीफलका लागि उपस्थित हुन र यस सम्बन्धमा कुनै निर्णय भएको छ भने सो निर्णय समेत लिई उपस्थित हुन विपक्षीहरु आदेश दिएको हो।
हालै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर आजियाटा ग्रुप बर्हादले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको छ।
प्रकाशित: २१ मंसिर २०८०, बिहीबार