एनसेलको शेयर कारोबार बारे ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गराउन लेखा समितिको निर्देशन

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
एनसेलको शेयर कारोबार बारे ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गराउन लेखा समितिको निर्देशन
सार्वजनिक लेखा समितिको बैठक। फाइल तस्विर

काठमाडौं ।

एनसेलको शेयर किनबेच सम्बन्धमा सार्वजनिक लेखा समितिले सरकारलाई चार बुँदे निर्देशन दिँदै आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाउने भएको छ।

एनसेल आजियाटा लिमिटेडको शेयर खरिदबिक्री बारेमा आज बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले सरकारी निकायहरुलाई चार बुँदे निर्देशन दिएको हो।

समितिका सभापति ऋषिराम पोखरेलले एनसेलको कारोबार संशयपूर्ण र अवास्तविक रहेको भन्दै त्यसलाई छानबिन गरिनुपर्ने निर्णय सुनाएका हुन्।

“यसमा कानूनी व्यवस्थाको परिवालना नगरिनु नगरिनु, शेयर खरिदबिक्री अवास्तविक, अपारदर्शि न्यून मूल्यांकन गरिनु नेपाल बाहिर खरिद बिक्री वा हक हस्तान्तरण गरी सरकारलाई प्राप्त हुने विभिन्न करहरु प्रभावित गर्न खोजिनु, करिब ६ वर्षपछि सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्न खोजिनुलगायतले कारोबार संशयपूर्ण र अवास्तविक रहेको भन्न सकिने अवस्थारहेको देखिन्छ, उनले निर्णय सुनाउँदै भने।

यस्तै यस बारेमा अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्ने भन्दै यस शेयर खरिद बिक्री कारोबारलाई यथास्थितीमा राख्न, रोक्न, वास्तविक तथा यथार्थ पत्ता लगाउन ३० दिनभित्र कार्यसम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

साथै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिययुक्त रहेको भन्ने भनाईका सम्बन्धमा ४८ घण्टा भित्र सरकारको धारणा सार्वजनिक गर्न भनेको छ।

यसैगरी हालको दूरसञ्चार ऐन अपर्याप्त रहेको र कानूनी छिद्रहरुमा सुधार गर्नुपर्ने देखिएको भन्दै आगामी अधिवेशनमा दूरसञ्चार विद्येयक दर्ता गराउन निर्देशन दिएको छ।

यसका साथै समितिको बैठकले प्रत्यक्ष वैदेशिक लगानी, एनसेलको शेयर खरिदबिक्री बारेमा सरकारको धारणा बुझ्न प्रधानमन्त्रीलाई बोलाउने भएको छ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार