इन्स्टाग्राम र फेसबुक मेसेन्जर च्याटहरू यस महिनादेखि डिस्कनेक्ट हुँदै

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
इन्स्टाग्राम र फेसबुक मेसेन्जर च्याटहरू यस महिनादेखि डिस्कनेक्ट हुँदै

काठमाडौं ।

मेटाले फेसबुक मेसेन्जरमार्फत इन्स्टाग्राम कन्ट्याक्ट्ससँग “क्रस–एप च्याट्स” गर्ने क्षमतालाई हटाउने प्रक्रिया सुरु गर्ने भएको छ।

सन् २०२० मा त्यतिबेलाको “फेसबुक” र हालको मेटाले आफ्नो मेसेन्जर एक्सपिरियन्सलाई इन्स्टाग्रामसँग कनेक्ट गर्ने घोषणा गरेको थियो। यसले इन्स्टाग्रामको प्लेटफर्ममार्फत सुधारिएको च्याटिङ एक्सपिरियन्सको साथसाथै प्रयोगकर्ताहरूको “बेस्ट मेसेजिङ एक्सपिरियन्स एक्सेस (पहुँच)” को सुनिश्चित गरेको थियो भने त्यसको लागि जुनसुकै एप प्रयोग गरिएता पनि फरक नपर्ने बनाएको थियो।

साथै उक्त दुई मध्ये कुनै पनि एक एपमार्फत वा एप प्रयोग गरेर फेसबुक फ्रेन्ड्स र इन्स्टाग्राम कन्ट्याक्ट्समा सम्पर्कमा रहन सम्भव बनाइएको थियो। त्यसो गर्नका लागि मेसेजिङ एक्सपिरियन्स “अपडेट” छनोट गर्नुपर्ने आवश्यकता कायम गरिएको थियो।

यसको तीन वर्ष पछि अब कम्पनीले इन्टिग्रेसन (एकीकरण) को बाटो उल्ट्याउन लागेको जस्तो देखिएको छ। नयाँ सपोर्ट पेजका अनुसार, मेसेन्जर र इन्स्टाग्राम बीचको क्रस–एप च्याटिङ्ग अब “२०२३ को मध्य–डिसेम्बर” देखि उपलब्ध नहुने भएको छ।

साथै उक्त फिचर (सुविधा) एक पटक निष्क्रिय भएपछि के कस्तो परिवर्तन हुनेछ भनेर कम्पनीले उल्लेख गरेको छः

  • इन्स्टाग्राम बाट फेसबुकको एकाउन्टमार्फत नयाँ कन्वर्सेसन (कुराकानी) वा कलहरू सुरु गर्न नसकिने।
  • फेसबुक एकाउन्टहरूसँग गरिएका कुनै पनि अवस्थित च्याटहरू अब रिड–वोन्लि (पढ्न मात्र सकिने) हुने। यसको मतलब अब यी च्याटहरूमा नयाँ सन्देशहरू पठाउन नसकिने।
  • फेसबुक एकाउन्टहरूबाट एक्टिभिटी स्ट्याटस (गतिविधि स्थिति) वा मेसेज सिन (सन्देश हेरेको छ कि छैन्) भनेर हेर्न सक्षम नहुने।
  • फेसबुक एकाउन्टहरूसँग गरिएको कुनै पनि अवस्थित च्याटहरू फेसबुक वा मेसेन्जरको इनबक्समा नसर्ने।

यस परिवर्तनको बारेमा भने कुनै पनि कारण नखुलाइएको भएतापनि यो युरोपको डिजिटल मार्केट्स एक्ट (डीएमए) सँग सम्बन्धित हुनसक्ने अनुमान छ। जसमा अन्य चीजहरू मध्ये, ठूला कम्पनीहरूको लागि मेसेजिङ प्लेटफर्महरू बीच इन्टरअपेराबिलिटी अफर (अन्तर-सञ्चालन) प्रदान गर्ने आवश्यकताहरू समावेश छन्। साथै मेटाको अर्को प्लेटफर्म ह्वाट्सएपले, यस अघि नै “थर्ड–पार्टी च्याट” फिचर (सुविधा)का लागि तयार गरिरहेको फेला परेको छ, जसले डीएमएको पालना गर्न मद्दत गर्ने उल्लेख गरिएको छ।

मेटाले मेसेन्जर भित्र फराकिलो, डीएमए–कम्प्लायन्ट इन्टरअपेराबिलिटी (अनुरूप अन्तरसञ्चालन) का लागि राम्रो तयारी गर्नका लागि भनेर यो सर्भिस–स्पेसिफिक (सेवा–विशिष्ट) क्रस–एप च्याटिङ फिचरलाई डिस्कनेक्ट गर्न लागेको हुन सक्ने सम्भावना छ।

वैकल्पिक रूपमा, यो मेटाको मेसेन्जर स्केलिङ ब्याकको अर्को उदाहरण पनि हुन सक्ने र हालैमात्र एपले एन्ड्रोइडमा एसएमएस/एमएमएस क्यापाबिलिटीज (क्षमताहरू) गुमाउनुका साथै मेटाले मेसेन्जर लाइट पनि बन्द गरेको ९टु५गुगलले उल्लेख गरेको छ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार